काठमाडौं । नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईबरनेटले महेन्द्रनगर कंचनपुरमा पनि सह–वितरण सोरुमको शुभारम्भ गरेको छ ।
उक्त सोरुमको समुद्धघाटन डिशहोमका तर्फबाट रिजनलसेल्स म्यानेजर जेबि गुरुङ, एरियासेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर कमल रिमाल र लक्ष्मी राज जोशीको उपस्थितिमा सम्पन्न भएको थियो ।
विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको न्यू केदार ईन्टरप्राईजले अब डिशहोम फाईबरनेट बिक्री र विक्री पछिको सेवा नया सोरुम मार्फत दिनेछ ।
१ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाईबरनेटको सेवा उपलब्ध गराईसकेको न्यू केदार ईन्टरप्राईजले अब अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लागी पनि यस नया सोरुमले मद्दत गर्ने न्यू केदार ईन्टरप्राईजका संचालक गोकुल देव जोशीले जानकारी दिए ।