काठमाडौं । आइतबारबाट स्वदेशी उत्पादनलाई प्रवर्धन गर्न पाँचौ दशैँ जुत्ताचप्पल व्यापार प्रवर्द्धन मेला शुरु भएको छ ।
स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाकावस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा पाँचौं व्यापार प्रवर्द्धन मेला काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको हो ।
फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशनको अनुसार मेलामा १० देखि ५० प्रतिशत छुटमा ३० भन्दा बढी ब्राण्डका एक हजार मोडलका जुत्ता पाउन सकिनेछ । मेला १५ दिनसम्म चल्ने एशोसिएशनका अध्यक्ष नानीराज घिमिरेले बताए ।