सरकारले चलचित्र निर्माता व्यवसायीलाई प्रोजेक्ट कर्जा दिनुपर्छ : अध्यक्ष गोल्छा

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले चलचित्र निर्माता व्यवसायीहरुलाई प्रोजेक्ट कर्जा दिने सुविधा दिनुपर्ने बताएका छन् । मंगलवार उद्योग वाणिज्य महासंघको चलचित्र तथा मनोरन्जन फोरम र नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको चलचित्र गीत संगीतको सरोकार, कानून र करको अधिकार विषय कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । उनले चलचित्र [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले चलचित्र निर्माता व्यवसायीहरुलाई प्रोजेक्ट कर्जा दिने सुविधा दिनुपर्ने बताएका छन् । मंगलवार उद्योग वाणिज्य महासंघको चलचित्र तथा मनोरन्जन फोरम र नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको चलचित्र गीत संगीतको सरोकार, कानून र करको अधिकार विषय कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।

उनले चलचित्र निर्माताहरुले घर धितो राखेर ऋण लिएर चलचित्र निर्माण गर्दा निर्माताहरुको निकै ठूलो क्षति भोग्नु गरेको बताए । उद्योग वाणिज्य महासंघले प्रोजेक्ट कर्जा चलचित्र निर्माता ,साना र मझौला उद्योगहरुको लागिसमेत माग गरेको उनले बताए ।

अध्यक्ष गोल्छाले कोरोना महामारीको कारण भएको बन्दाबन्दी र निषेधाज्ञाको अवधिको विद्युत महशुल पूर्णरुपमा छुट तथा पुनः कर्जा उपलब्ध गर्ने काजगजात प्रक्रियागत हुने झनझटलाई सहज वातावरणको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । अध्यक्ष गोल्छाले नेपाल प्राकृतिक सुन्दरताले भरिएको भन्दै आन्तरिक मात्रै नभएर अन्तर्राष्ट्रिय सिनेमा छायाङ्कनको लागि समेत आकर्षणको केन्द्र बन्नसक्ने समेत बताए ।

‘सरकारले घोषणा गरेका नीति तथा कार्यक्रमहरु शतप्रतिशत रुपमा सही रुपमा कार्यान्वयन गर्नुपर्छ, चलचित्रले हाम्रो सोचलाई प्रभावित बनाएको हुन्छ, राज्यप्रति मानिसहरुको सद्भाव र प्रेम हुन्छ त्यो चलचित्रको माध्यमबाट उठेको हुन्छ, त्यस कारण चलचित्रको विकास एकदमै आवश्यक छ, हामी सामाजिक प्राणी छौं । चलचित्रमा देखाएका धेरै कुराहरुबाट प्रभावित भएर सोच परिर्वतन गर्ने भएकाले चलचित्रको विकास आवश्यक छ,’ उनले भने ।

अध्यक्ष गोल्छाले सरकारले घोषणा गरेका नीति तथा कार्यक्रमहरु शतप्रतिशत रुपमा कार्यान्वयन हुनसके मात्रै चलचित्र क्षेत्रको समस्या समाधान हुने बताए । साथै उनले चलचित्रले हाम्रो सोचलाई प्रभावित र राज्यप्रति मानिसहरुको सद्भाव र प्रेम चलचित्रको माध्यमबाट उठ्ने भएकाले चलचित्रको विकास आवश्यक रहेको दाबी गरेका छन् ।

Share News