काठमाडौं । आन्दोलनरत प्रदेश नम्बर १ का उद्योगी तथा व्यवसायीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले गत जेठ १५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा जिआई वायर, वनस्पति ध्यू तेल, सेनिटरी प्याड आदि उद्योगहरुको भन्सार तथा अन्तशुल्क बृद्धि गरेको भन्दै आन्दोलीत बनेका उद्योगीहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका हुन ।
अर्थमन्त्री शर्माले आर्थिक विद्येयकमा हुन गएका त्रुटिपूर्ण व्यवस्थाहरूलाई प्रकृयागत रूपमा सच्याउन आवश्यक प्रक्रियाहरु अघि बढेको आश्वासन दिएपछि उद्योगीहरुले आन्दोलन फिर्ता लिएका हुन ।
यसअघि गत जेठ २७ गते समेत मन्त्री शर्माले प्रकृयागत रुपमा त्रुटिहरु सच्याउने आश्वासन दिएका थिए । मन्त्रीले आश्वासन मात्र दिएको भन्दै प्रदेश नम्बर १ का उद्योगीहरुले दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।
अर्थ मन्त्रीले माथिल्लो सदनबाट बजेट पास भएको ७ दिन भित्रै त्रुटिगत नीतिहरूको सुधार गरिने प्रतिबद्धता जाहेर गरेको उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए ।