काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले सबै सिमेन्ट उद्योग संचालमा आए १५० अर्बभन्दा बढीको रकमको निर्यात गर्न सक्ने जनाएको छ ।
संघले बजेटमा निर्यातमा दिएको छुटबाट देशमा रहेको चुन ढुंगाको उपयोगमा उल्लेखनिय उपलब्धी हुनको साथै सबै उद्योगहरु पुर्ण संचालन भए १५० अर्बभन्दा बढीको रकमको निर्यात गर्न सकिने जनाएको हो । यस बजेले व्यापार घाटा कम गर्ने र विदेशी मुद्रा सञ्चिति गर्नमा सहयोग पुग्ने संघको धारणा छ ।
साथै बजेटले उत्पादनमा लाग्ने विद्युत महसुलमा उल्लेखनीय सहुलियतको घोषणाको संघले स्वागत गरेको छ । संघले यस व्यवस्थाले देशको औद्योगीकीकरणमा योगदान पुग्ने र स्वदेशमा उत्पादित विद्युतको खपत स्वदेशमा नै हुने वातावरण सिर्जना हुने बताएको छ ।
आर्थिक वर्ष २०७९/८० को नयाँ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले निर्यातमा नगद अनुदानलाई ८ प्रतिशत पुर्याएका थिए भने वार्षिक १० करोड रुपैयाँभन्दा बढीको विद्युत खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेका थिए ।