व्यवसायीलाई अप्ठ्यारो पार्ने हाम्रो नीति होइन : अर्थमन्त्री

<p>काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले उद्योगी व्यवसायीलाई अप्ठ्यारोमा पार्ने सरकारको नीति नभएको बताएका छन् । शुक्रबार पूर्वका उद्योगी, व्यवसायीसँगको भेटमा उनले सो बताउँदै बजेटमार्फत सबै पक्षलाई समेट्ने प्रयास गरिएको बताएका हुन् । ‘बजेटमार्फत हाम्रो उदेश्य व्यवसायीलाई कतै पनि अप्ठ्यारो पार्न खोजिएको होइन’ उनले भने, ‘हाम्रो नीति त्यस्तो पनि छैन । सबैसँग छलफल गरेर बजेट [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले उद्योगी व्यवसायीलाई अप्ठ्यारोमा पार्ने सरकारको नीति नभएको बताएका छन् । शुक्रबार पूर्वका उद्योगी, व्यवसायीसँगको भेटमा उनले सो बताउँदै बजेटमार्फत सबै पक्षलाई समेट्ने प्रयास गरिएको बताएका हुन् ।

‘बजेटमार्फत हाम्रो उदेश्य व्यवसायीलाई कतै पनि अप्ठ्यारो पार्न खोजिएको होइन’ उनले भने, ‘हाम्रो नीति त्यस्तो पनि छैन । सबैसँग छलफल गरेर बजेट ल्याएकाले सबै पक्षलाई समेट्ने प्रयास भएको छ ।’

बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएर मुलुक भित्रै औद्योगिकरण बिस्तार गरी आर्थिक गतिविधि अघि बढाउन खोजिएको उनको भनाई छ ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघको प्रदेश नम्बर १ का प्रतिनिधिले आर्थिक वर्ष ०७९-८० को बजेटले वायर, घिउतेल र स्यानीटरी उद्योगमा पारेको प्रभावका बारेमा अर्थमन्त्री शर्मा समक्ष गुनासो राखेका थिए ।

आम महिलावर्गलाई राहत हुने गरी स्यानिटरी प्याड आयातमा ठूलो भन्सार छुट उपलब्ध गराएको र यस्तो छुटले स्वदेशी उद्योगलाई केही समस्या भएको पाए समाधान निकाल्न तयार रहेको पनि अर्थमन्त्री  शर्माले जानकारी गराए । कच्चा तेल आयात गरी स्वदेशमा उद्योग चलाउने र रोजगारी सृजना गर्नेलाई बजेटले सम्बोधन गरेको उनले प्रष्ट पारे ।

बजेटमार्फत स्वदेशी उद्योगलाई संरक्षण गरेर लैजाने नीति लिएको बताउँदै उनले भने ‘बजेट तपाईहरु (व्यवसायी) का लागि गरेको हो । देशका लागि गरेको हो, हामीले स्वदेशी उद्योगलाई राम्रो गर्ने भनेर बजेटमा विभिन्न व्यवस्था गरेको हो ।’

छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष नबिन रिजालले सरकारी नीति आउँदा आत्मसाथ गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् । ‘हामी (व्यवसायी) लाई पनि पोलिसीले साथ दिनुस्, हामीले पनि बजेट आउँदा मुक्तकण्ठले प्रशंसा गर्ने स्थिति आओस्’ उनले भने ।

Share News