‘ठुला औधोगिक क्षेत्रलाई विद्युतमा छुट दिएर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी गर्न सक्ने बनाउने छौं’

<p>काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ठुला औधाेगिक क्षेत्रलाई विद्युतमा छुट दिएर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी गर्न सक्ने बनाउने जोड दिने बताएका छन् । शुक्रबार प्रतिनिधी सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबारे उठेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्ताे बताएका हुन् । यस्तै, एक सय किलोवाटसम्मका विद्युतीय सवारीमा करको वृद्धि नभएको पनि अर्थमन्त्री शर्माले जानकारी दिए । एक [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ठुला औधाेगिक क्षेत्रलाई विद्युतमा छुट दिएर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी गर्न सक्ने बनाउने जोड दिने बताएका छन् । शुक्रबार प्रतिनिधी सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबारे उठेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्ताे बताएका हुन् ।

यस्तै, एक सय किलोवाटसम्मका विद्युतीय सवारीमा करको वृद्धि नभएको पनि अर्थमन्त्री शर्माले जानकारी दिए । एक सय किलोवाटकारसम्मका १४ प्रकारका विद्युतीय सवारी नेपालमा उपलब्ध छन् ।

अर्थमन्त्री शर्माको अनुसार पेट्रोलियम गाडीको ४.३ प्रतिशतको रेसियोमा छ भने विद्युतीय गाडी २.३ प्रतिशतको आयतको रेसियोमा रहेको छ । पेट्रोलियम गाडीभन्दा विद्युतीय गाडीमा डलर बढी बाहिर जाने भएकाले करमा थोरै रकम बढाई भनिएको शर्माले बताए ।

यसैगरी घर जग्गाको कारोबार गर्ने वर्ग उच्च आय हुने वर्गको भएकाले त्यसमा करहरू वृद्धि गर्दा प्रतिफलै हुने कुरालाई पनि शर्माले जोड दिए । चालु आर्थिक वर्षको बजेटभन्दा अगामी आर्थिक वर्षको बजेट ९.८६ प्रतिशतले मात्र बढी रहेको शर्माले बताए । ‘बजेट सामान्य तय १० प्रतिशतले बढी हुने गर्छ तर बजेटले नपुगेर सो रकमले मात्र वृद्धि गरिएका छ, उनले भने ।

‘सावा भुक्तानी गर्न ५८ प्रतिशतले करिब ५० अर्ब बढी दायित्व थपिएको छ, त्यो सावा थपिँदा चालु खर्च बढी देखिएको हो, गत वर्ष ब्याज मात्रै भुक्तानी गरे हुन्थ्यो, तर अहिले सावा भुक्तानी गर्नुपर्ने रहेछ त्यसकारण पनि चालू खर्च बढी देखिन पुगेको हो,’ उनले भने,’बजेटका आकारमा वृद्धि भए पनि बजेट घाटा न्यून रहेको छ, खुँद् बजेट घाटा चालु बजेटको अनुमानित कुल ग्रस्त उत्पादनको ५ प्रतिशत मात्र रहेको छ ।’

अर्थमन्त्री शर्माको अनुसार चालु आर्थिक वर्ष एलमबीयसमा प्रविष्ट नभएका योजनाहरू थिए .  प्रहरीको तलबसम्म सो ठाउँमा उल्लेख गरिएको थिएन, तर छुटेका कुराहरू प्रविष्ट गरी परदर्शि रूपमा मन्त्रालयले राखेको छ । आगामी आर्थिक वर्षको बजेट अनुमानित कुल ग्रस्त उत्पादनको ३६.९ प्रतिशत छ भने आर्थिक वर्ष २०७८/८९ मा ३८.६ प्रतिशत थियो ।

कुल ग्रस्त उत्पादन यस आर्थिक वर्षको भन्दा २ प्रतिशतले कमी नै रहेको पनि शर्माले बताए ।

आगामी आर्थिक वर्षको बजेट महत्वकांक्षि नभएर वास्तविक रहेको शर्माको भनाई छ । आगामी आर्थिक वर्षमा कुल ग्रस्त उत्पादनमा वृद्धि हुने वास्तविक आकार यो भन्दा पनि न्यून हुने कुरा शर्माले दाबी गरे ।

यसैगरी वित्तीय व्यवस्थामा चालु आर्थिक वर्षमा २१ प्रतिशतभन्दा बढिले वृद्धि गरिएको र यो बजेटले आन्तरिक उत्पादन जोड दिएको पनि शर्माले बताए ।

Share News