काठमाडौं । सरकारको बजेटले आरती स्ट्रीप्स उद्योग उत्साहित भएको छ । सरकारको जग्गा ५० बर्षसम्मको लागि भाडामामा उपलब्ध गराउने, आत्मनिर्भर भएका उद्योगहरूलाई निर्यात गर्दा ८ प्रतिशतसम्म क्यास इन्सेन्टिभ दिने र उत्पादन मुलक उद्योगको जग्गा हदबन्दी हटाउने व्यवस्था बजेटमा गरेपछि यो उद्योगले खुशी व्यक्त गरेको हो ।
आरती स्ट्रीप्स प्रा.लि. नेपालकै सबैभन्दा ठूलाे बैदेशिक लगानीमा स्थापित फलामजन्य सामाग्री उत्पादक कम्पनी हो जो मोरङ्गको बिराटनगरस्थित टंकीसिनावरीमा रहेको छ । निर्यात मुलक याे उद्याेगले अव सरकारबाट निर्यातबापत वार्षिक कराेडाै रूपैयाँ रकम हात पार्ने भएकाे छ । त्यस्तै, विद्युत खपत वापत पनि कम्पनीले राम्राे लाभ पाउने भएकाे छ ।
आइरन, वायर रड, कर्कट जस्तापाता लगायतका अन्य फलामजन्य सामाग्रीहरुमा देश आत्मनिर्भर भएको अवस्थामा आयात प्रतिस्थापनको नीति हुने स्वगतयोग्य रहेको उद्योगको भनाई छ । ‘नेपाल स्टील, जस्तापाता, बिभिन्न बायर एवं फलामजन्य बस्तुमा आत्मनिर्भर रहेको छ र अब हरेक उद्योग स्वत स्फुर्त रुपमा संचालन हुनेमा दुइमत छैन’ कम्पनीले भनेको छ ।
यसका साथसाथै देश फलामजन्य सामाग्रीमा आत्मनिर्भर रहेको समेत जनाएको छ जुन बिदेशी तथा स्वदेशी लगानीमा स्थापित उधोगहरुले अब सहज रुपमा ब्यापार व्यवसाय गर्ने बाटो खुलेको र आयातित फलामजन्य समाग्रीबाट स्वदेशी उत्पादनलाई कुनैपनि समस्या नरहेको कम्पनीले जनाएको छ ।
यसका साथसाथै सरकारले बार्षिक १० करोड भन्दा बढी बिजुली खपत गर्ने उद्योगलाई न्यूनतम २ देखि १५ प्रतिशत छुट दिने घोषणा गरेको छ । तयारी अवस्थामा निर्माण भई बाहिर निर्यात गर्ने सामानको लागि समेत राम्रो व्यवस्था गर्नुका साथसाथै मुलुकमा औद्योगिक क्षेत्रको विकास गर्न, वैदेशिक लगानी आर्कर्षित गर्न एवं आयात प्रतिस्थापन गरी निर्यातलाई प्रर्वधन गर्न सजिलो भएको कम्पनीले जनाएको छ । यसका साथसाथै अर्पाटमेन्टहरु बिदेशी नागरिकलाई बिक्री गर्न दिने बजेटको प्रावधानसँगसँगै नेपालमा स्थापित सिमेन्ट र डण्डी उधोगहरु बिक्री बितरण हुन सरकारको राजस्वमा समेत थप बृद्धि हुन जाने देखिन्छ ।