शिथिल औद्यागिक क्षेत्रलाई त्राण दिने सरकारको प्रयास, उद्योग मन्त्रालयको बजेट १० अर्ब ४८ करोड

<p>काठमाडौं । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड रुपैयाँ बराबरको बजेट निर्धारण गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९/०८० को आयव्यय विवरण सार्वजनिक गर्दै सो कुरा बताएका हुन । सरकारले मासिक १० करोडको विद्युत खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको [&hellip;]</p>

काठमाडौं । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड रुपैयाँ बराबरको बजेट निर्धारण गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९/०८० को आयव्यय विवरण सार्वजनिक गर्दै सो कुरा बताएका हुन ।

सरकारले मासिक १० करोडको विद्युत खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ । यस्तै अर्थमन्त्री शर्माले उद्योग स्थापना गर्न ५० वर्ष जग्गा भाडामा दिइने बताएका छन् । आइतबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । उनले निर्यातजन्य उद्याेगमा विदेशी लगानी भित्र्याउने पनि बताएका छन् ।

सरकारले वैदेशिक लगानीको न्यूनतम सीमा पुनरावलोकन गरेको छ । सरकारले उक्त सीमा पुनरावलोकन गर्दै २ करोड रुपैयाँ बराबरको वैदेशिक लगानीको सीमा राखेको हो । उनले बैदेशिक लगानी आकर्षक गर्न १० करोडको स्वचालित प्रणालीमार्फत हुने व्यवस्था लागु गरिनेछ बताए । यस्तै, उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा भाडामामा दिने बताए । उनले लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धनका लागि मागमा आधारित प्रविधि हस्तान्तरण कार्य गरिने बताए ।

यस्तै, सरकारले निर्यात बढाउन, आन्तरिक उत्पादन बृद्धि गर्न तथा स्वदेशी उद्योग व्यवसायको प्रबद्र्धन गर्न विभिन्न प्रकारका कार्यक्रमहरु ल्याएको छ ।

Share News