मोरङ व्यापार संघद्वारा प्रहरीलाई रोड डिभाइडर हस्तान्तरण

<p>विराटनगर । मोरङ व्यापार संघले ट्राफिक प्रहरी कार्यालय विराटनगरलाई १०० थान रोड डिभाइडर हस्तान्तरण गरेको छ । आज भएको एक कार्यक्रमका बीच ट्राफिक व्यवस्थापनमा सहयोग पुर्&#x200d;याउने जनचेतनामुलक सन्देश सहितको स्टीकर टाँसिएका उक्त डिभाइडर हस्तान्तरण गरेको हो । मोरङ व्यापार संघको महिला उद्यम समितिकी संयोजक वन्दना जैनको संयोजकत्वमा विराटनगर बजारमा आज आयोजित स्वदेशी बजार संरक्षण एवं [&hellip;]</p>

विराटनगर । मोरङ व्यापार संघले ट्राफिक प्रहरी कार्यालय विराटनगरलाई १०० थान रोड डिभाइडर हस्तान्तरण गरेको छ ।

आज भएको एक कार्यक्रमका बीच ट्राफिक व्यवस्थापनमा सहयोग पुर्‍याउने जनचेतनामुलक सन्देश सहितको स्टीकर टाँसिएका उक्त डिभाइडर हस्तान्तरण गरेको हो ।

मोरङ व्यापार संघको महिला उद्यम समितिकी संयोजक वन्दना जैनको संयोजकत्वमा विराटनगर बजारमा आज आयोजित स्वदेशी बजार संरक्षण एवं ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तरगत संघका अध्यक्ष नवीन रिजालले प्रहरी उपरीक्षक शान्तिराज कोइरालालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

Share News