भृकुटी मण्डपमा २५ दिने जुत्ता चप्पल व्यापार प्रवर्द्धन मेला जारी

<p>काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जुत्ता चप्पल व्यापार प्रवर्द्धन मेला २०७९ बिहीबारदेखि जारी छ । उद्योग मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले बिहीबार मेलाको उद्घाटन गरेका हुन् । उक्त अवसरमा बोल्दै पोखरेलले उद्योग र उपभोक्तासँग प्रत्यक्ष जोडिन मेला सफल हुने बताए । स्वदेशी उत्पादनलाई गुणस्तरीय र उपभोक्तामुखी बनाउनुपर्ने उनको भनाइ छ । फुटवयर म्यानुफ्याक्चरस एसोसियसन अफ नेपालको [&hellip;]</p>

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जुत्ता चप्पल व्यापार प्रवर्द्धन मेला २०७९ बिहीबारदेखि जारी छ ।

उद्योग मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले बिहीबार मेलाको उद्घाटन गरेका हुन् । उक्त अवसरमा बोल्दै पोखरेलले उद्योग र उपभोक्तासँग प्रत्यक्ष जोडिन मेला सफल हुने बताए । स्वदेशी उत्पादनलाई गुणस्तरीय र उपभोक्तामुखी बनाउनुपर्ने उनको भनाइ छ ।

फुटवयर म्यानुफ्याक्चरस एसोसियसन अफ नेपालको आयोजनामा मेला सुरु भएको हो । मेलाको उद्घाटन कार्यक्रममा बोल्दै एसोसिएसनका अध्यक्ष नानीराज घिमिरेले स्वदेशी ब्राण्डको प्रवर्द्धन गर्न राज्यले भूमिका खेल्नुपर्ने धारणा राखे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दीनेश श्रेष्ठ, चेम्बर अफ कमर्शका उपाध्यक्ष सुरेन्द्र श्रेष्ठ, एसोसिएसनका पूर्वअध्यक्ष भीमलाल पौड्याल, होमनाथ उपाध्याय, प्रथम उपाध्यक्ष चोककुमार श्रेष्ठ, महासचिव ज्ञानेन्द्र दाहाललगायतले आफ्नो धारणा राखेका थिए ।

मेला जेठ ८ सम्म सञ्चालन हुने उपाध्यक्ष एवं मेलाका संयोजक सुरज बन्जाडेले जानकारी दिए । एक्स्पोमा स्वदेशी २२ कम्पनीका करिब १०० वटा स्टल छन् । मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएकोछ । एक्स्पोमा नेपालमा चर्चित सबै ब्राण्डको सहभागिता रहने उनले बताए ।

बेस ग्लोबल, बेस फुटवेयर इण्डस्ट्रिज, शिखर शुज इण्डस्ट्रिज, कोशेली छाला जुत्ता उद्योग, लालीगुराँस फुटवेयर, रोयल फुटवेयर इण्डस्ट्रिज, शुभकामाना फुटवेयर प्रोडक्ट नेपाल, पवित्र शुज इण्डस्ट्रिज, रन शुज इण्डस्ट्रिज कम्पनीको सहभागिता रहेको छ ।

त्यस्तै स्मार्ट सुज, वान ओल्र्ड फुटवेयर, सुरभी पोलीमर्स, सम्राट शुज, नमस्ते फुटवेयर, ओएशिस फुटवेयर, किरण शुज म्यानुफ्याक्चर्स, बोस सुज, फुटस्टेप सुज र नियासा सुजको सहभागिता छ ।

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालले आयोजना गरेको मेला यस पटक उपभोक्ताको बढी आकर्षण हुने अपेक्षा गरिएको छ । एशोसियशनले हरेक वर्ष मेलाको आयोजना गर्दै आएको छ ।

मेलामा १० देखि ५० प्रतिशतसम्म छुट प्रदान हुने आयोजकले जनाएको छ ।

Share News