कोरोना सकियो, अब नेपाल विदेशी पर्यटकका लागि खुला भयाे : भवानी राणा

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले दरबारमार्ग महोत्सवले नेपाल विदेशी पर्यटकका लागि खुला भएको सन्देश दिएको बताएकी छन् । महोत्सवमा आफ्नो धारणा राख्दै उनले दरबारमार्ग महोत्सवले अब कोरोना सकिएको र पर्यटनका हिसावले नेपाल खुला भएको सन्देश दिएको बताएकी हुन् । ‘यस्ता कार्यक्रमले पर्यटन विकास, अर्थतन्त्र चलायमान गर्ने हाम्रो विश्वास छ, महासंघले [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले दरबारमार्ग महोत्सवले नेपाल विदेशी पर्यटकका लागि खुला भएको सन्देश दिएको बताएकी छन् ।

महोत्सवमा आफ्नो धारणा राख्दै उनले दरबारमार्ग महोत्सवले अब कोरोना सकिएको र पर्यटनका हिसावले नेपाल खुला भएको सन्देश दिएको बताएकी हुन् ।

‘यस्ता कार्यक्रमले पर्यटन विकास, अर्थतन्त्र चलायमान गर्ने हाम्रो विश्वास छ, महासंघले विभिन्न प्रदेश र अन्तर्राष्ट्रिय रुपमा पनि यस्त खालका कार्यक्रम गर्दै आएको छ, यस्ता कार्यक्रमले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न टेवा पुग्छ,’ उनले कार्यक्रममा भनिन् ।

यस्तै,उनले पर्यटकहरुलाई ल्याउनका लागि पनि पहल गर्नु पर्ने धारणा राखिन् ।

विगत साढे २ वर्षदेखि थला परेको आन्तरिक र बाह्य पर्यटन प्रबर्द्धन र कोभिडले थलिएको उद्योग व्यवसायलाई पुनरुत्थान गर्ने लक्ष्यसहित महासंघले दरबारमार्ग महोत्सव सुरू गरेको छ ।

महोत्सवमा सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरूको प्रस्तुति भइरहेको छ । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजना भएको हो ।

महासंघले महोत्सवको मूल नारा सहकार्य ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ रहेको जनाएको छ ।

Share News