काठमाडौं र ललितपुरका ठेकदारलाई यूनाइटेड सिमेन्ट्सले दियो प्रशिक्षण

<p>काठमाडौं । यूनाइटेड सिमेन्ट्सले काठमाडौं तथा ललितपुरको विभिन्न स्थानमा ठेकेदार तथा मिस्त्रीहरुलाई प्रशिक्षण दिएको छ । कम्पनीले ठेकदारहरुलाई सिमेन्टको बारेमा जानकारी तथा गुणस्तरिय निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएको हो । निर्माणकर्मी विगतका अनुभवको आधारमा मात्रा काम गर्दै आएको र सहि निर्माण कसरी गर्ने भन्ने बारेमा प्राविधिक ज्ञानको कमी देखिएकोले उक्त तालिमाको सुरुवात गरेको [&hellip;]</p>

काठमाडौं । यूनाइटेड सिमेन्ट्सले काठमाडौं तथा ललितपुरको विभिन्न स्थानमा ठेकेदार तथा मिस्त्रीहरुलाई प्रशिक्षण दिएको छ । कम्पनीले ठेकदारहरुलाई सिमेन्टको बारेमा जानकारी तथा गुणस्तरिय निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएको हो ।

निर्माणकर्मी विगतका अनुभवको आधारमा मात्रा काम गर्दै आएको र सहि निर्माण कसरी गर्ने भन्ने बारेमा प्राविधिक ज्ञानको कमी देखिएकोले उक्त तालिमाको सुरुवात गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले हालसम्म ४ ओटा स्थानमा सयौं निर्माणकर्मीलाई प्रशिक्षण दिइसकेको छ भने हजारौं निर्माणकर्मीलाई प्रशिक्षण दिने कम्पनीको लक्ष्य रहेको जनाएको छ।

प्रशिक्षणमा सिमेन्ट के हो र कसरी बन्छ भन्ने प्राविधिक जानकारीको साथै राम्रो गुणस्तरको
सिमेन्ट मसला बनाउने तरिका, डण्डी बाध्ने सहि तरिका, कंक्रिटका विभिन्न ग्रेड तथ पानीको मात्रा र यसको असर आदि विषयमा सो जानकारी दिइएको थियो ।

ललितपुरको लेलेमा अवस्थित आफ्नै खानीको चुन ढुंगा प्रयोग गरि, आफै क्लिन्कर उत्पादन गर्दै आएको यस उद्योगले विगत ७ वर्षदेखि नौबिसेमा रहेको आफ्नो कारखानाबाट सिमेन्ट उत्पादन गर्दै आएको छ ।

कम्पनीले ५३ ग्रेड तथा ४३ ग्रेड को ओपीसी। सिमेन्ट बनाउँदै आएको छ ।

Share News