प्रत्येक जिल्ला अस्पतालमा आँखा शाखा स्थापना गर्छौं : स्वास्थ्यमन्त्री

<p>काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले प्रत्येक जिल्ला अस्पतालमा आँखा शाखा स्थापना गर्ने बताएका छन् । आइतबार नेत्रज्योति संघद्वारा आयोजित नेत्रज्योति दिवसको अवसरमा बोल्दै यस्तो बताएका हुन् । मन्त्री खतिवडाले यसको लागि नेत्रज्योति संघसँग सहकार्य गरी सरकार अगाडि बढ्ने बताए । यस्तै उनले आँखा उपचारमा सबै स्थानीय तहले बजेट छुटाउनुपर्ने बताएका छन् । उनले आँखा स्वास्थ्य कार्यक्रम [&hellip;]</p>

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले प्रत्येक जिल्ला अस्पतालमा आँखा शाखा स्थापना गर्ने बताएका छन् । आइतबार नेत्रज्योति संघद्वारा आयोजित नेत्रज्योति दिवसको अवसरमा बोल्दै यस्तो बताएका हुन् ।

मन्त्री खतिवडाले यसको लागि नेत्रज्योति संघसँग सहकार्य गरी सरकार अगाडि बढ्ने बताए । यस्तै उनले आँखा उपचारमा सबै स्थानीय तहले बजेट छुटाउनुपर्ने बताएका छन् । उनले आँखा स्वास्थ्य कार्यक्रम बजेट अभावमा कुनै पनि कार्यक्रम रोकिनु नहुने र स्थानीय तह, प्रदेश तह र केन्द्र तहले समन्वय गरेर आँखा स्वास्थ्यका लागि काम गर्नुपर्ने बताए ।

नेत्रज्योति संघ अन्धोपन निवारण गर्ने उदेश्यले स्थापना भएको गैरसरकारी संस्था हो । यस संस्थाले स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा २७ आँखा अस्पताल, १४८ आँखा उपचार केन्द्रहरु तथा ४४ जिल्ला शाखामा सेवा दिँदै आएको छ ।

Share News