उपकार लघुवित्तले साढे २ करोड बढीको आईपीओ जारी गर्ने

<p>काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएसँगै संस्थाले सो मात्राको आईपीओ जारी गर्न लागेको हो । बोर्डले चैत ७ गते संस्थालाई आईपीओ जारी गर्न स्वीकृति पाएको हो । यससँगै संस्थाले एक सय रुपैयाँ अंकित [&hellip;]</p>

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएसँगै संस्थाले सो मात्राको आईपीओ जारी गर्न लागेको हो ।

बोर्डले चैत ७ गते संस्थालाई आईपीओ जारी गर्न स्वीकृति पाएको हो । यससँगै संस्थाले एक सय रुपैयाँ अंकित मूल्यका २ लाख ६६ हजार २५० कित्ता सेयर जारी गर्ने छ ।

उक्त आईपीओ जारी गर्न संस्थाले नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्गलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

Share News