नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो, दुई कम्पनीमा सर्किट

<p>&nbsp; काठमाडौं । बुधबारको नेप्से परिसूचक र कारोबार रकम दुवै घटेको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक २०.६३ अंकले घटेर २६३०.६ को विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ४.२२ अं‌कले घटेको छ । सोमबार र मंगलबार लगातार बढेको नेप्से परिसूचक बुधबार घटेको हो । परिसूचकसँगै सेयर कारोबार रकम पनि घटेको छ । [&hellip;]</p>

 

काठमाडौं । बुधबारको नेप्से परिसूचक र कारोबार रकम दुवै घटेको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक २०.६३ अंकले घटेर २६३०.६ को विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ४.२२ अं‌कले घटेको छ ।

सोमबार र मंगलबार लगातार बढेको नेप्से परिसूचक बुधबार घटेको हो । परिसूचकसँगै सेयर कारोबार रकम पनि घटेको छ । मंगलबार २ अर्ब ५१ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बुधबार भने २ अर्ब ४ करोड रूपैयाँमा सीमित भएको छ ।

बुधबार सबैभन्दा धेरै बढ्नेमा राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाल छ । दुवैको मूल्यमा सकारात्मक सर्किट लागेको हो । जसमध्ये राष्ट्र उत्थानको सेयर मूल्य प्रतिकित्ता ७४५ रूपैयाँ र इमर्जिङ नेपालको प्रतिकित्ता ६९१.६० प्रतिशत पुगेको छ ।

त्यस्तै, धेरै गुमाउनेमा बुद्धभूमि हाइड्रो अगाडि छ । आज बुद्धभूमिको सेयर मूल्य ३.५ प्रतिशतले घटेर प्रतिकित्ता ६४६ रूपैयाँमा झरेको छ ।

बढी कारोबार हुनेको अग्रस्थानमा एनआइसी एशिया बैंक रहेको छ । बैंकको एकैदिन ८ करोड ४१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो र तेश्रो स्थानमा क्रमशः जीवन विकास लघुवित्त र अरुणभ्याली हाइड्रोपावर रहेको छ ।

Share News