घरेलु तथा साना उद्योग महासंघको महाधिवेशन हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

<p>काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलनको तयारी पुरा भएको छ । महासंघले मङ्गलबार वीरगञ्जमा पत्रकार सम्मेलन आयोजना गर्दै महाधिवेशन र सम्मेलनको तयारी पुरा भएको जनाएको छ । महासंघकै इतिहासमा पहिलो पटक काठमाडौं महाधिवेशन सम्पन्न गर्न लागिएको बताउँदै महासंघका [&hellip;]</p>

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलनको तयारी पुरा भएको छ । महासंघले मङ्गलबार वीरगञ्जमा पत्रकार सम्मेलन आयोजना गर्दै महाधिवेशन र सम्मेलनको तयारी पुरा भएको जनाएको छ ।

महासंघकै इतिहासमा पहिलो पटक काठमाडौं महाधिवेशन सम्पन्न गर्न लागिएको बताउँदै महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले महाधिवेशनमा लघु घरेलु तथा साना उद्योग र महिला उद्यमशीलताको क्षेत्रमा सुधार गर्नुपर्ने र स्थापित गर्नुपर्ने सकारात्मक नीति नियम र काुननहरुको बरेमा छफफल गरि निष्कर्षमा पुगिने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ फागुन २६ गते दिउँसो १ बजे वीरगञ्जस्थित टाउन हलमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

महाधिवेशनबाट तीन वटै तहका सरकारले लघु घरेलु तथा साना उद्योगको क्षेत्रमा अवलम्बन गर्नुपर्ने सुधारका कार्यक्रम र नीतिगत सुधारका विषयमा सरकारको ध्यानाकर्षण गराउने र सुधारका लागि पहल गर्ने नेतृत्व समेत चयन गर्ने अध्यक्ष गिरीले बताए । अध्यक्ष गिरीको अनुसार गतवर्ष सम्मको तथ्याङ्कले अहिलेसम्म ४ लाख ९८ हजार लघु घरेलु तथा साना उद्योग दर्ता भएका र करिब २ लाख ६२ हजारले नविकरण गरेको देखिएको छ ।

यस्तै महासंघको अनुसार मुलुकमा क्रियाशील रहेका करिब २ लाख ७० हजारको हाराहारीमा रहेका उद्योगमा ८ हजार जति मझौला र ठूला उद्योग रहेका हुँदा ९५ प्रतिशतभन्दा बढी उद्योगहरु लघु घरेलु तथा साना उद्योगहरु रहेको छ ।

ुयस्ता उद्योगले अर्थतन्त्रमा कुल ग्राहस्थ उत्पादनको ६ प्रतिशत जति अंश योगदान गरिरहेको जानकारी छ । यो बाहेक झण्डै ५ लाख परिवार अनौपचारीक रुपमा लघु उद्यम व्यवसायमा संलग्न रहेको अनुमाान छ । यी सबैको गणना गर्दा लघु घरेलु तथा साना उद्योगले कुल ग्राहस्थ उत्पादनको झण्डै १३ प्रतिशत योगदान पुर्याइरहेका छन् ।ु

ुभण्डै २७ लाख जनशक्तिाई रोजागरी उपलब्ध गराई रहेको यस क्षेत्रले मुलुकको निर्यातको ६० प्रतिशत भन्दा बढी अंशमा योगदान पुर्‍याइरहेको छ । यति हुँदाहुँदै यो क्षेत्र अझैपनि उपेक्षित रहि आएको छ । वर्तमान संघिय संरचनामा मुलुक प्रवेश गरेपछि यो क्षेत्र र सरकारका तीन तहका बीच दुरी घट्नुको साटो अझ बढिरहेको छ । यस्तो अवस्थामा हामी महासंघको २५ औ राष्ट्रिय महाधिवेशन र २२ औ केन्द्रिय महिला उद्यमी सम्मेलन आयोजना गरिरहेका छौंं,ु उनले थपे ।

नेपाल घरेलु  तथा साना उद्योग महासंघ २०४७ सालमा स्थापना भएको लघु घरेलु तथा साना उद्योगीहरुको प्रमुख छाता संस्था हो । यस अन्तर्गत अहिले ३२८ वटा पालिकाहरुमा पालिका संघ, ७७ वटै जिल्लामा जिल्ला संघ र सात वटै प्रदेशमा प्रदेश संघहरु छन् ।

यस सँगसँगै केन्द्रमा केन्द्रिय महिला उद्यमी समिति, प्रदेशमा प्रदेश महिला उद्यमी समिति, ६० वटा जिल्लामा जिल्ला महिला उद्यमी समिति र झण्डै ३०० पालिकामा पालिका महिला उद्यमी समिति कार्यरत छन् । यस अन्तरगत झण्डै ४० हजार लघु घरेलु तथा साना उद्योगीहरु महासंघका सदस्य रहेका छन् भने करिब १२ हजार महिला उद्यमीहरु महिला उद्यमी सञ्जालमा जोडिएका छन् । यो बाहेक महासंघमा २७ वटा वस्तुगत संघहरु सस्थागत सदस्यको रुपमा रहेका छन् भने एसोसिएट सहकारी र उर्जा क्षेत्रगरि थप दुई हजार उद्योगीहरु महासंघका सदस्य रहेका छन् ।

Share News