इमर्जिङ नेपालको आईपीओ आइतबारदेखि किनबेच गर्न पाइने

<p>काठमाडौं । इमर्जिङ नेपालको आईपीओ आगामी आइतबार अर्थात फागुन २२ गतेदेखि किनबेच गर्न पाइने भएको छ । कम्पनीको आईपीओ नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएसँगै सो दिनदेखि सेयर खरिद बिक्री गर्न मिल्ने भएको हो । गत फागुन ४ गते बाँडफाँड भएको उक्त आईपीओ १५/१६ दिनमै नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ५५ लाख ५६ हजार [&hellip;]</p>

काठमाडौं । इमर्जिङ नेपालको आईपीओ आगामी आइतबार अर्थात फागुन २२ गतेदेखि किनबेच गर्न पाइने भएको छ । कम्पनीको आईपीओ नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएसँगै सो दिनदेखि सेयर खरिद बिक्री गर्न मिल्ने भएको हो ।

गत फागुन ४ गते बाँडफाँड भएको उक्त आईपीओ १५/१६ दिनमै नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ५५ लाख ५६ हजार कित्ता साधारण सेयर फागुन २० गते शुक्रबार नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै सूचीकृत भएको दोश्रो कार्यदिन अर्थात फागुन २२ गते आइतबारदेखि कम्पनीको सेयर किनबेच गर्न मिल्ने छ । जसको लागि नेप्सेले प्रतिकित्ता न्यूनतम १०५.११ रुपैयाँदेखि अधिकतम ३१५.३३ रुपैयाँको रेञ्ज तय गरिदिएको छ । यससँगै लगानीकर्ताले सो दिनको पहिलो कारोबार उक्त रेञ्जभित्र रहेर गर्न पाउनेछन् ।

त्यस्तै, कम्पनीले सेयर सम्बन्धी सबै काम गर्नको लागि सेयर रजिष्टारमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।

साथै, सूचीकरण प्रकृया मात्र नभई कम्पनीको सेयर बाँडफाँड प्रकृया पनि छोटो अवधिमै सम्पन्न भएको थियो । माघ २६ गतेदेखि फागुन १ गतेसम्म सेयर निष्काशन तथा बिक्री खुला गरेको उक्त आईपीओ बाँडफाँड तीन दिनमै अर्थात फागुन ४ गते भएको थियो ।

सम्बन्धित समाचार
तीन दिनमै बाँडफाँड भयो इमर्जिङ नेपालको आईपीओ, ८ जनाले पाए ११ कित्ता सेयर

Share News