काठमाडौं । सेयर बजारमा लगानीकर्ताको मनोवल खस्किएको देखिएको छ । लगानीकर्ताको मनोवल खस्किदा सेयर बजार मापक नेप्से परिसुचक ६४ अंकले घटेको छ ।
बजार संचालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज परिसुचक ६३.९८ अंकले घटेर २५४६.६० अंकमा आइपुगेको छ । परिसुचक अघिल्लो कारोबार दिनको तुलनामा २.४५ प्रतिशतले घटेको हो । यस्तै, क वर्गका कम्पनीहरुको परिसुचक सेन्सेटिभ इन्डेक्स २.३० प्रतिशतले घटेको छ ।
आज १९१ कम्पनीका सेयर कारोबार भएकोमा ३ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ भने १८८ कम्पनीको सेयर मूल्य घटेर कारोबार भएको छ । तर, यसरी कम्पनीको सेयर मूल्य बढेको वा घटेको देखिएको कारोबार बन्द भएको समयमा मात्रै हो । कुल ७६ लाख ५२ हजार कित्ता सेयर ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँमा खरिद विक्री भए ।
आज बढी मूल्य घट्ने कम्पनीहरुमा हिमालयन जनरल, न्यादी ग्रुप पावर कम्पनी, नेसनल हाइड्रो लगायतका कम्पनी छन् ।