काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ३३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ४ जनाको मृत्यु हुँदा १ हजार ३३८ जना संक्रमणमुक्त भएका हुन् ।
यस्तै देशभरिका ९ हजार ८१५ जनाको नमुना परीक्षण गर्दा २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।