ललितपुर । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल मंगलबारदेखि १६ वर्षमा प्रवेश गरेको छ ।
२०६२ साल फागुन ३ गतेदेखि अल्का अस्पताल संचालनमा आएको हो ।स्वास्थ्य मन्त्रालयले १४ वर्षअघि सय श्य्याको अल्का अस्पताललाई संचालनका लागि अनुमति दिएको थियो ।
अस्पतालका अध्यक्ष कुमार थापाले अस्पताल १६ वर्षमा प्रवेश गर्दा निकै खुशी भएको बताए । ‘हामीलाई विश्वास गरेर यहाँसम्म पुर्याइदिनु भएकोमा सबैलाई धन्यवाद दिन चाहन्छौ,’ उनले भने । यस्तै अस्पतालकी कार्यकारी निर्देशक विद्या थापा अस्पतालकी कार्यकारी निर्देशक विद्या थापा श्रेष्ठले सेवाग्राहीहरुलाई सहज र सरल रुपमा उपचार दिन अल्का अस्पतालले अझ सेवा थप र विस्तार गर्न लागेको बताइन् ।
अस्पतालले केही समय अघि अल्का आइभिएफ सेन्टर र डाइबेटिज सेन्टरको स्तरउन्नती गरेको थियो । अल्का अस्पतालले उपचारमा भित्रिएका नयाँ नयाँ प्रविधिहरु भित्र्याएर बिरामीहरुलाई सेवा दिँदै आइरहेको छ ।
अल्का अस्पतालमा सुविधा सम्पन्न एनआइसियु कक्ष रहेको छ । यसका साथै टेष्ट ट्यु्व बेबी सेवा, प्रसुति तथा महिला रोग सेवा, डाइबेटिज, बालरोग, मुटु रोग, तथा यसका सम्पुर्ण परीक्षण पनि अस्पतालमा हुँदै आएको छ ।
नशा सम्बन्धि, बाथ रोग सम्बन्धि, यौन तथा छालारोग सम्बन्धि, ग्यास्ट्रोलोजि, रेडियोलोजी, आखाँ, नाक, कान घाँटी, दाँत रोग, युरोलोजिष्ट,कलेजोरोग, एनेस्थेसिया विशेषज्ञहरुबाट अस्पतालले विरामीहरुलाई सेवा दिने सेवामा पनि अल्का अगाडी छ ।
१६ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा अस्पतालले यस वर्ष पनि विगतका वर्षहरु झै रक्तदानको कार्यक्रम आयोजना गरेको छ ।
साथै वार्षिकाेत्सवको अवसरमा अस्पतालले आइभिएफमा यही फागुन ३ गतेदेखि १० गतेसम्म शनिबार बाहेक ओपिडी नि:शुल्क गरेको छ । यस्तै आइभिएफ टेष्टमा २० प्रतिशत छुट तथा आइभिएफ र आइयुआइमा विशेष सहुलियत दिइने अस्पतालले जानकारी दिएको छ ।