व्याजदर वृद्धिले बैंक वित्तिय संस्था बाहेक सबै घाटामा पर्छन्: चेम्बर

<p>काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सम्पर्ण क्षेत्रमा त्रास भएको अवस्थामा व्याजदर वृद्धिले बैंक वित्तिय संस्थालाई मात्रै फाईदा पुग्ने बताएको छ । शुक्रबार बसेको नेपाल बैंकर्स संघको बैठकले फागुन १ गतेदेखि लागू हुने गरी निक्षेपको व्याजदर बढाएपछि चेम्बरले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । आयातित वस्तुहरुमा एलसीबाट हुने कारोबारमा सतप्रतिशत नगद मार्जिन राख्नु पर्ने [&hellip;]</p>

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सम्पर्ण क्षेत्रमा त्रास भएको अवस्थामा व्याजदर वृद्धिले बैंक वित्तिय संस्थालाई मात्रै फाईदा पुग्ने बताएको छ ।

शुक्रबार बसेको नेपाल बैंकर्स संघको बैठकले फागुन १ गतेदेखि लागू हुने गरी निक्षेपको व्याजदर बढाएपछि चेम्बरले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

आयातित वस्तुहरुमा एलसीबाट हुने कारोबारमा सतप्रतिशत नगद मार्जिन राख्नु पर्ने प्रावधानले व्यावसायीक क्षेत्रलाइ चुनौति सृजना भइ रहेको परिप्रेक्षमा हाल आएर निक्षेपमा दिइने ब्याज दर वृद्धिले थप चुनौति सृजना भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

चेम्बरले यसबाट समस्त निजी क्षेत्र आफ्नो व्यवसाय संरक्षण गर्न नसक्ने अवस्था रहेको बताएको छ ।

आयातलाई व्यवस्थित गरि निर्यात प्रर्वद्धन गर्नु पर्ने र रेमिट्यान्सको चुहावटलाई रोक्नु पर्ने बेलामा व्यवसायलाइ प्रतिकूल हुने गरी लागू गरिएको बैकिङ्ग तथा मौद्रिक नीतिले आपूर्तिमा थप समस्या निम्त्याउने, तथा कालान्तारमा यसले वस्तुहरुको उपभोग्य मुल्य बढाउने र प्रतिस्पर्धी क्षमतामा ह्रास आउने भइ निर्यात उद्योग धराशायी हुने र राजश्वमा समेत प्रतिकूल असर पर्ने चेम्बरले जनाएको छ ।

‘यस सन्दर्भमा ब्याजदर वृद्धिबाट दीर्घकालीन रुपमा मुलुकको अर्थतन्त्रलाइनै समस्याग्रस्त पार्ने र तरलता समस्या समाधानका वैकल्पिक उपाय हुदा हुंदै व्याजदर वृद्धि मार्फत तरलताको दीर्घकालीन समाधान नहुने भएकोले नेपाल सरकारले पुंजीगत खर्च वढाउन कडा कदम चाल्नु पर्ने चेम्वरको धारणा रहेको छ । तसर्थ नयां व्याजदर कार्यान्वयन नल्याउन नेपाल चेम्वर अफ कमर्स जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

Share News