काठमाडौं । शिवम् सिमेन्टले गण्डकी प्रदेशकाे ५०० निर्माणकर्मीकाे ५ लाख बराबरकाे बीमा गरिदिएकाे छ । कम्पनीले पाेखरासहित १० स्थानमा रहेका निर्माणकर्मीकाे जाेखिम बीमा गरिदिएकाे हाे ।
कम्पनीले संचालन गरेकाे निर्माण सम्बन्धी प्राविधिक अन्तरक्रिया कार्यक्रममा दुर्घटना बीमा गरी बीमा पोलिसी प्रदान गरेकाे छ ।
दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरु हरेक दिन जोखिमपुर्ण कार्यहरु गर्दै आईरहेका हुन्छन उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो ।
देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकमीहरुको लागि ५ लाख बराबरको जोखिम बहन गर्ने गर्दै आएकाे छ ।
हालसम्म शिवम् सिमेन्टले विभिन्न चरणमा गरी १५ सय बढी निर्माणकर्मीहरुसँग अन्तक्रिया तथा उनीहरुको जोखिम बीमा सम्पन्न गरीसकेको छ ।