काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो एनआईसी एशिया रेमिटमार्फत दशैँ, तिहार र छठपर्व लक्षित निःशुल्क आन्तरिक रेमिट्यान्स योजना ल्याएको छ ।
उक्त योजना अनुसार देशभित्र एक ठाउँबाट अर्काे ठाउँमा रकम पठाउँदा दोस्रो पटक निःशुल्क रुपमा रकम पठाउन सकिनेछ । अर्थात सेवाग्राहीहरूले पहिलोपटक रकम पठाउँदा शुल्क लागेपनि दोस्रो पटकमा शुल्क नलाग्ने व्यवस्था गरिएको छ । यो योजनाबाट बैंकका ग्राहकहरुका साथै अन्यले पनि लाभ उठाउन सक्नेछन् ।
उक्त विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएका ३२६ शाखा कार्यालय, १०३ वटा विस्तारित काउण्टर, ६४ वटा शाखारहित बैंकिङ्ग इकाई एवं १० हजारभन्दा बढी सहायक प्रतिनिधिहरू मार्फत बिना झन्झट तुरुन्त रकम प्राप्त गर्न सकिनै बैंकले जनाएको छ । यो योजना आश्विन २० देखि माघ ५ गतेसम्म लागु हुनेछ ।