काठमाडौं । कृषि विकास बैंक ह्याकिङमा प्रकरणमा फरार भएका थप एकजना व्यक्ति पक्राउ परेका छन् । ह्याकिङमा प्रकरणाका फरार अभियुक्त ५५ वर्षीय सुशील गर्ग पक्राउ परेका हुन् ।
भारत उत्तराखण्ड चम्पावत जिल्ला वनबासका ५५ गर्गलाई अपराध महाशाखा काठमाडौं र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
सोमबार कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं ल्याइएकाे छ ।