काठमाडौं। स्थापनाको २० वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गरेकाे अवसरमा माछापुच्छ्रे बैंकले ट्वान्टी-ट्वान्टी (२०-२०) स्मार्ट योजना सञ्चालनमा ल्याएको छ।
चाडवाडमा हुने किनमेललाई ध्यान दिँदै बैंकले डेबिट/क्रेडिट कार्ड र मोबाइल बैंकिङमा क्यासब्याक दिने भएको छ।
माछापुच्छ्रे बैंकका डेबिट/क्रेडिट कार्डवाहकले पीओएस वा इ-कमर्स साइटहरुमा भुक्तानीका साथै मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा २० प्रतिशत वा बढीमा २०० रुपैयाँसम्म क्यास ब्याक हुनेछ।
बैंकको वार्षिकोत्सवका अवसरमा यो योजना २० दिनसम्म सञ्चालन हुने जनाइएको छ। यो स्किममा सहभागी हुन ग्राहकले कम्तिमा २०० रुपैयाँ बराबरको २ वटा छुट्टाछुट्टै कारोबार गर्नु पर्नेछ।
माछापुच्छ्रेका देशभर १६० शाखाका साथै १३३ वटा शाखारहित बैंकिङ सेवा इकाइ छन्। बैंकका ५ एक्सटेन्सन काउन्टर पनि छ। माछापुच्छ्रे बैंक गत वर्षको साधारणसभा घोषणा गर्ने पहिलो बैंक बनेको छ।