३२ लाखकाे चेक बाउन्स भएपछि अमर महर्जन जेलमा

<p>काठमाडाैं । ३२ लाख रूपैयाँकाे चेक भुक्तानी नभएपछि चेक काट्ने अमर महर्जन जेल परेका छन् । उनलाई प्रहरीले साेमबार पक्राउ गरेकाे हाे ।  काठमाण्डौंकाे कुलेश्वरमा लुकिछिपि बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएकाे हाे । बैंकिङ् कसूर मुद्दामा उच्च अदालत पाटनले २०७६ माग १३ गते गरेकाे फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई जिल्ला अदालत ललितपुरमा पेस गरिएकाे छ । ललितपुरकाे खाेकना [&hellip;]</p>

काठमाडाैं । ३२ लाख रूपैयाँकाे चेक भुक्तानी नभएपछि चेक काट्ने अमर महर्जन जेल परेका छन् । उनलाई प्रहरीले साेमबार पक्राउ गरेकाे हाे ।  काठमाण्डौंकाे कुलेश्वरमा लुकिछिपि बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएकाे हाे ।

बैंकिङ् कसूर मुद्दामा उच्च अदालत पाटनले २०७६ माग १३ गते गरेकाे फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई जिल्ला अदालत ललितपुरमा पेस गरिएकाे छ ।

ललितपुरकाे खाेकना निवासी महर्जनले गत  २०७४ जेठमा रिता महर्जनलाई ३२ लाख रूपैयाँकाे चेक दिएका थिए । उक्त चेक अहिलेसम्म भुक्तान भएकाे छैन ।

अदालतकाे फैसला अनुसार उनी ७ जेल बस्नु पर्ने छ भने ३२ लाख रूपैयाँ जरिवाना तिर्नुपर्ने छ ।

Share News