काठमाडौं । गरिमा विकास बैंकले सहारा विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । उक्त सम्बन्धमा दुई संस्थाबीच असोज १६ गते सहमतिपत्र (एमओयु) मा हस्ताक्षर सम्पन्न भएको हो ।
गरिमा विकास बैंककाे प्रधान कार्यालय काठमाडौंकाे काठमाडौं महानगरपालिका वडा नं. २ मा र सहारा विकास बैंककाे प्रधान कार्यालय सर्लाहीकाे मलंगवा नगरपालिका वडा नं. ९ मा रहेकाे छ ।
हाल गरिमा विकास बैंकको अधिकृत पुँजी ५ अर्ब रुपैयाँ र जारी तथा चुक्ता पुँजी ३ अर्ब २३ करोड रुपैयाँ रहेको छ । सहारा विकास बैंकको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी तथा चुक्ता पुँजी २५ करोड ५४ लाख रुपैयाँ रहेको छ ।
गरिमा विकास बैंकले हाल देशका सातै प्रदेशमा १०२ शाखा कार्यालयहरु मार्फत र सहारा विकास बैंक लिमिटेडले प्रदेश नम्बर २ को सर्लाही जिल्लामा ४ शाखा कार्यालय र १ एक्स्टेन्सन काउन्टर मार्फत सेवा प्रवाह गरिरहेका छन् ।
प्राप्ति सम्बन्धी कार्य २०७८ वैशाख १ गतेभित्र सम्पन्न गर्ने समेत सहमति भएको छ ।
गरिमा विकास बैंकमा सहारा विकास बैंक प्राप्ति प्रश्चात बन्ने गरिमा विकास बैंक थप शसक्त विकास बैंकको रुपमा स्थापित भई मूलूकको बैकिङ परिदृश्यमा प्रभावकारी वित्तीय सेवा प्रदायक विकास बैंकको रुपमा चिनिने बैंकको विश्वास रहेको छ ।