सानिमा बैंकको दुई नयाँ शाखा ताप्लेजुङ्ग र कोहलपुरमा

<p>काठमाडाैं । सानिमा बैंकले ताप्लेजुङ्ग र कोहलपुरमा आफ्नो ८१ औं र ८२ औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ । ताप्लेजुङ्ग जिल्ला, फुङलिङ्ग नगरपालिका–५ स्थित ताप्लेजुङ्ग शाखाको समुद्घाटन फुङलिङ्ग नगरपालिकाका मेयर क्षेत्रपति प्याकुरेल र ताप्लेजुङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी  जरेन्द्र चापागाईंले संयुक्त रुपमा गरेका थिए । यस्तै बाँके जिल्ला, कोहलपुर नगरपालिका–११ एन.टि.भि. रोडस्थित [&hellip;]</p>

काठमाडाैं । सानिमा बैंकले ताप्लेजुङ्ग र कोहलपुरमा आफ्नो ८१ औं र ८२ औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

ताप्लेजुङ्ग जिल्ला, फुङलिङ्ग नगरपालिका–५ स्थित ताप्लेजुङ्ग शाखाको समुद्घाटन फुङलिङ्ग नगरपालिकाका मेयर क्षेत्रपति प्याकुरेल र ताप्लेजुङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी  जरेन्द्र चापागाईंले संयुक्त रुपमा गरेका थिए ।

यस्तै बाँके जिल्ला, कोहलपुर नगरपालिका–११ एन.टि.भि. रोडस्थित कोहलपुर शाखाको समुद्घाटन कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर राउत र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले संयुक्त रुपमा गरेका थिए ।

यी शाखाहरु संचालनमा आएसँगै सो क्षेत्रका बासिन्दाहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच हुने विश्वास आफुहरुले लिएकाे बैंकले जनाएकाे छ ।

Share News