एनआईसी एशिया लघुवित्तमा स्वदेशी लघुवित्त गाभिने, मर्जपछि २०५ शाखा

<p>काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्था आपसमा मर्ज हुने भएको छन् । जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एन आई सी एशिया र सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त बीच गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी समझदारीपत्रमा आइतबार एक समारोहका बीच हस्ताक्षर सम्पन्न भएको छ । [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्था आपसमा मर्ज हुने भएको छन् । जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एन आई सी एशिया र सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त बीच गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी समझदारीपत्रमा आइतबार एक समारोहका बीच हस्ताक्षर सम्पन्न भएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत लघुवित्तहरुलाई मर्ज गर्ने नीति लिएपछि यी दुई संस्थाले मर्जरमा जाने समझदारी गरेका हुन् । गाभ्ने/गाभिने (मर्जर) गर्ने सम्बन्धी उक्त समझदारीपत्रमा एन आई सी एशिया लघुवित्तको तर्फबाट संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्तको तर्फबाट संस्थाका अध्यक्ष लालमणी जोेशीले हस्ताक्षर गरेका छन् ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १२० शाखा संचालनमा रहेको छ भने स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल भरि ८५ शाखा संचालनमा रहेका छन् । मर्जर पश्चात कुल शाखा संख्या २०५ शाखा हुने एनआईसी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।

मर्जपछि देशकै सबै भन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुने उनको भनाई छ ।

गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जर पश्चात् एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार हुने, मर्जरको कार्य आगामी पौष महिनाको पहिलो हप्ता भित्रमा एकीकृत रुपमा कारोवार संचालन हुने गरी कार्ययोजना (एक्सन प्लान) बनेको उनले बताए ।

मर्ज हुने भएपछि दुबै संस्थाकाे सेयर काराेबार आइतबारदेखि नै बन्द भएकाे छ । गत विहीबार स्वदेशी लघुवित्तकाे सेयर प्रतिकित्ता ८०० रूपैयाँमा र एनआईसी एशिया लघुवित्त ७५९ रूपैयाँमा अन्तिम कराेबार भएकाे थियाे । नेपाल स्टक एक्स्चेन्जमा राखिएकाे विवरण अनुसार एनआईसी एशिया लघुवित्तकाे चुक्ता पुँजी १ अर्ब ४८ कराेड रूपैयाँ छ भने स्वदेशी लघुवित्तकाे  चुक्ता पुँजी २७ कराेड ६० लाख रूपैयाँ रहेकाे छ ।

Share News