दुई विकास बैंक एक्वायर गरेको प्राइम बैंकको नाफा बढ्यो, प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ

<p>काठमाडौं । कन्काई विकास बैंक र कैलास विकास बैंकलाई एक्वायर गरेको प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षमा नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्षको असारमसान्तसम्ममा २ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएको यस बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा २ अर्ब २९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको [&hellip;]</p>

काठमाडौं । कन्काई विकास बैंक र कैलास विकास बैंकलाई एक्वायर गरेको प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षमा नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्षको असारमसान्तसम्ममा २ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएको यस बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा २ अर्ब २९ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणमा अनुसार बैंकको खुद नाफासँगै बैंकको वितरण योग्य मुनाफा पनि बढेको छ । अघिल्लो आर्थिक वर्ष १ अर्ब ६० करोड रुपैयाँ वितरण योग्य मुनाफा कमाएको बैंकले गत आर्थिक वर्षको अन्त्यमा १ अर्ब ६१ करोड रुपैयाँ कमाउन सफल भएको छ ।

समिक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा दुबै बढेको छ । यस अवधिमा बैंकले ४ अर्ब ६१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ३ अर्ब २७ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।

गत असार मसान्तसम्ममा बैंकले १ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । चुक्ता पुँजी १३ अर्ब ९८ करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ७९ करोड रुपैयाँ र सेयरधनी कोषमा १ अर्ब ७६ करोड रुपैयाँ सञ्चित रहेको छ ।

त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी घटेर १६.३९ रुपैयाँमा सीमित भएको छ । बैंक प्रतिसेयर नेटवर्थ १४६.९१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५.५५ गुणा रहेको छ ।

त्यसैगरी, बैंकको कष्ट अफ फण्ड ७.१४ प्रतिशत, सीडी रेसियो ७४.५४ प्रतिशत, आधार दर ८.६२ प्रतिशत र स्प्रेड ४.२२ प्रतिशत रहेको छ ।

Share News