माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २५ कराेड रुपैयाँ, निक्षेपमा उल्लेख्य सुधार

<p>काठमाडाैं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब २५ करोड नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ६९ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले गत आर्थिक वर्षमा गरेकाे नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४४ करोड रुपैयाँ कम हो । यस्तै, बैंकले निक्षेप संकलनमा भने उल्लेख्य सुधार गरेको छ [&hellip;]</p>

काठमाडाैं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब २५ करोड नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ६९ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले गत आर्थिक वर्षमा गरेकाे नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४४ करोड रुपैयाँ कम हो ।

यस्तै, बैंकले निक्षेप संकलनमा भने उल्लेख्य सुधार गरेको छ । बैंकले असार मसान्त सम्म १ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९२ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकले अघिल्लो आर्थिक वर्षमा ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो भने ७५ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । बैंकले निक्षेप १९ अर्ब रुपैयाँले बढाउन सफल भएको छ ।

८ अर्ब ४५ करोड चुुक्ता पूँजी भएको बैंकको खराब कर्जा ०.५४ प्रतिशत, बैंकको सीसीडी रेसियो ७३.८१ प्रतिशत, बेसरेट ९.२१ प्रतिशत, स्प्रेडदर ४.३६ प्रतिशत र कष्ट अफ फण्ड ६.७१ प्रतिशत रहेको छ ।

Share News