अर्थतन्त्रमा विप्रेषणको काँध, लकडाउन नखुल्दै कारोबारमा वृद्धि

<p>काठमाडौं । संकटको बेलामा पनि नेपालको अर्थतन्त्रमा विप्रेषणले काँध थापेको छ । विश्व व्यापी कोरोना महामारी चलिरहेदा पनि नेपालले पाएको रेमिट्यान्स आम्दानीमा सामान्य गिरावट आएको छ । गत पुसको पहिलो साता चीनमा कोरोना देखिएको थियो । छोटो समयमा नै यो रोगले विश्वव्यापी रुप लियो । चैत ११ देखि नेपालमा बन्दाबन्दी भएको थियो । चीनमा कोरोना [&hellip;]</p>

काठमाडौं । संकटको बेलामा पनि नेपालको अर्थतन्त्रमा विप्रेषणले काँध थापेको छ । विश्व व्यापी कोरोना महामारी चलिरहेदा पनि नेपालले पाएको रेमिट्यान्स आम्दानीमा सामान्य गिरावट आएको छ ।

गत पुसको पहिलो साता चीनमा कोरोना देखिएको थियो । छोटो समयमा नै यो रोगले विश्वव्यापी रुप लियो । चैत ११ देखि नेपालमा बन्दाबन्दी भएको थियो ।

चीनमा कोरोना देखिएका ६ महिनापछि र नेपालमा बन्दाबन्दी दुई महिनापछि पनि नेपालले आर्जन गरेको विप्रेषण्मा धेरै गिरावट छैन ।

नेपाल राष्ट्रद बैंकका अनुसार चालु आर्थिक वर्षको प्रथम १० महिना अर्थात बैशाखसम्म रु.६८० अर्ब ८४ करोड विप्रेषण आम्दानी भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.१ प्रतिशतले कमी हो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.४ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.८ प्रतिशतले घटेको थियो ।

बस्तु व्यापारमा नेपालले रु ९ खर्ब ४३ अर्ब ७ करोड र सेवा व्यापारमा रु. ३ अर्ब १३ करोड गरी अन्तराष्ट्रिय व्यापारमा १२ खर्ब ५६ अर्ब नोक्सानी वेहोरोको छ ।

गाेविन्द गुरूङ

तर विदेशी शोधनान्तर स्थिति रु.१२० अर्ब ९० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.६८ अर्ब २० करोडले घाटामा रहेको थियो ।
विप्रेषण आयले काँध थापेकै कारण सरकारको वित्तीय सन्तुलन कामय नै रहेको जानकारहरु बताउँछन् । ‘रेमिट्यान्स आयमा थोरै कमि आएको छ । यो हाम्रो अर्थतन्त्रको लागि राम्रो संकेत हो’ सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ भन्छन्–‘चैतमा रेमिट्यान्स आय कम भएको थियो । बैशाख र जेठमा फेरी रेमिट्यान्स कारोबारमा सुधार देखिएको छ ।’

रेमिट्यान्स आप्रवाहमा सुधार भएसँगै बैंकमा लगानी योग्य पुँजी वृद्धि भएको छ । लकलाडउन पूर्वा कर्जा निक्षेप अनुपात ७८ प्रतिशतको हाराहारीमा रहेकोमा अहिले यस्तो अुनपात ७३ प्रतिशतमा झरेको छ । कर्जा–निक्षेप अनुपात बढी हुनु भनेको वित्त बजारमा लगानीयोग्य पुँजीको कमी हुनु हो भने यस्तो अनुपात तल जाँदा लगानी योग्य पुँजी वित्तीय संस्थामा थुप्रनु हो ।

तरलता वृद्धिसँगै बैंकहरुले निक्षेपको व्याज पनि घटाएका छन् । लकडाउनु पूर्व १० प्रतिशत नजिक रहेको मुद्दतिको व्याजदर अहिले ७ देखि ८ प्रतिशतको बीचमा रहेको बैंकहरुले सार्वजनिक गरेको व्याजदर सूचनामा उल्लेख गरिएको छ ।

Share News