राष्ट्र बैंकले भन्योः आवश्यक परे मात्र २ सिफ्टमा बैंक खोल्नु, नत्र पहिलेकै समय ठीक छ

<p>काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहलाइ साविककै समयमा बैंकहरू खाेल्न निर्देशन दिएकाे छ । बैंककाे नियमन विभागले आइतबार एक सूचना जारी गर्दै सोमबारबाट साविकको कार्यालय समय बमोजिम नै बैंक तथा वित्तीय संस्थाको सेवा सुचारु गर्न निर्देशन दिएको हाे । यस्तै, बैंक तथा वित्तीय संस्थाले बढी भिडभाड हुने कार्यालयहरु भने दुई सिफ्टमा सञ्चालन गर्न [&hellip;]</p>

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहलाइ साविककै समयमा बैंकहरू खाेल्न निर्देशन दिएकाे छ । बैंककाे नियमन विभागले आइतबार एक सूचना जारी गर्दै सोमबारबाट साविकको कार्यालय समय बमोजिम नै बैंक तथा वित्तीय संस्थाको सेवा सुचारु गर्न निर्देशन दिएको हाे ।

यस्तै, बैंक तथा वित्तीय संस्थाले बढी भिडभाड हुने कार्यालयहरु भने दुई सिफ्टमा सञ्चालन गर्न केन्द्रिय बैंकले निर्देशन दिएको छ । यस्तै, बैंकहरूमा स्वास्थ्य सुरक्षाका सामग्रीहरूकाे प्रयाेग गरी  ग्राहकलाई लामबद्द रूपमा लाइनमा राख्न  निर्देशन दिएकाे छ ।

जेठ २८ गतेको मन्त्रीपरिषदको निर्णय अनुसार असार १ गतेदेखि सेवाग्राहीको चापको मूल्यांकन गरी बढी भिडभाड हुने ठाउँमा आवश्यकता अनुसार सिफ्ट वाइज वर्कको व्यवस्था गरी बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सेवा प्रदान गर्ने सुनिश्चितता गर्नुपर्ने राष्ट्र बैंकको सुचनामा उल्लेख छ ।

यस्तै बैंकले याे समयमा बढी भन्दा बढी डिजिटल काराेबारलाई प्राेत्साहन गर्न पनि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई  निर्देशन दिएकाे छ ।

सम्बन्धित समाचार:

२ सिफ्टमा बैंक खोल्ने सरकारी निर्णयकाे विपक्षमा बैंकर्स, राष्ट्र बैंकमा पुग्याे लविङ

बैंक, बीमा र सहकारी २ सिफ्ट चलाउने नौटंकी बन्द गर

 

Share News