२ सिफ्टमा बैंक खोल्ने सरकारी निर्णयकाे विपक्षमा बैंकर्स, राष्ट्र बैंकमा पुग्याे लविङ

<p>काठमाडौं । सरकारले सरकारी तथा निजी क्षेत्रका सबै कार्यालय विहान ८ बजेदेखि साँझ ६ बजेसम्म गरी दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको छ । विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म एउटा र १ बजेदेखि साँझ ६ बजेसम्म अर्को सिफ्ट खोलिने सरकराको निर्णयमा बैंक तथा वित्तीय संस्थाहरुले भने आवश्यक देखेका छैनन् । सरकारले बैंक तथा वित्तीय [&hellip;]</p>

काठमाडौं । सरकारले सरकारी तथा निजी क्षेत्रका सबै कार्यालय विहान ८ बजेदेखि साँझ ६ बजेसम्म गरी दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म एउटा र १ बजेदेखि साँझ ६ बजेसम्म अर्को सिफ्ट खोलिने सरकराको निर्णयमा बैंक तथा वित्तीय संस्थाहरुले भने आवश्यक देखेका छैनन् ।

सरकारले बैंक तथा वित्तीय संस्था, बीमा र सहकारी सेवालाई पूर्ण रुपमा खुला गर्नको लागि २ सिफ्टमा सञ्चालन गर्ने निर्देशन पनि दिएको छ।  तर, बैंक तथा वित्तीय संस्थाहरुले  सरकारकाे उक्त निर्णय अव्यवहारिक भएकाे प्रतिकृया दिएका छन् ।

लकडाउनको समयमा बैंक तथा वित्तीय संस्थाहरुमा ग्राहकको चाप धेरै नभएको भन्दै बैंकर्सहरूले २ सिफ्ट प्रणालीकाे विपक्षमा राष्ट्र बैंकसमक्ष  लविङ पनि शुरू गरेका छन् ।

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले अहिलेको अवस्थामा बैंक तथा वित्तीय संस्था दुई सिफ्टमा सञ्चालन गर्न आवश्यक नभएको बताए ।

‘बैंक तथा वित्तीय संस्थालाई दुई सिफ्ट सञ्चालन गर्दा अनावश्यक लागत खर्च पनि पहिलेको भन्दा बढ्छ, ४/५ जना कर्मचारी भएको शाखाहरुका लागि यो व्यवहारिक पनि हुँदैन, अहिले यो व्यवस्था बैंकहरु र ग्राहकलाई पनि आवश्यक छैन,’ उनले विकासन्युजसँग भने ।

यसका लागि अनौपचारिक रुपमा राष्ट्र बैंकका अधिकारीहरुसँग कुरा भइरहेको उनको भनाई छ । ग्राहकलाई अफ्ठेरो नहुने र बैंकलाई पनि अफ्ठ्यारो नहुने गरी व्यवस्था गर्न आफूहरुले राष्ट्र बैंकलाई भनिसकेको उनले स्पष्ट पारे ।

‘आवश्यक भयो भने हामी २ सिफ्टमा पनि जान्छौं, तर अहिलेको ग्राहकको अवस्था हेर्दा आवश्यक छैन । आवश्यक नभए किन अनावश्यक समय खर्च गर्ने ?’ उनले प्रश्न गरे ।

ग्राहकलाई आवश्यक भएको खण्डमा दुई सिफ्ट मात्र हाेइन जतिखेर पनि बैंकिङ सेवा दिन आफूहरु तयार भएको उनको भनाई छ ।

नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीले यसको बारेमा राष्ट्र बैंकले छलफल गर्न बाँकी रहेकोले अहिले नै कुनै पनि धारणा बनाई नसकेको बताए ।

‘हामीसँग समय अझै बाँकी छ, हामी आइतबारसम्म निर्णय गर्छौ, उहाँहरुले आवश्यक छ/छैन भन्दा पनि सरकारको निर्णय के हो ? हामीले गर्न सक्ने के हो ? त्यसमा छलफल गर्छौं, त्यसपछि मात्र निर्णय गर्छौं, उनले भने ।

Share News