काठमाडाैं । नबिल बैंकले काेराेना काेषमा २६ लाख २८ हजार ८ सय ६७ रूपैयाँ सहयाेग गरेकाे छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारले स्थापना गरेकाे ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’ मा उक्त सहयाेग गरेकाे हाे ।
मंगलबार बैंकका सीईओ अनिल केशरी शाहले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।