राष्ट्र बैंकले भन्योः संस्थागत निक्षेपको ब्याज नबढाउनु, व्यक्तिगत लगायतमा ०.५% बढाए हुन्छ

<p>काठमाडौं । नेपाल राष्ट बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई संस्थागत निक्षेपको व्याजदर नबढाउन निर्देशन दिएको छ । बैंकले बुधबार एक सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई कल डिपोजिट तथा संस्थागत मुद्दती निक्षेपमा तोकिएको न्यूनतम ब्याजदरभन्दा बढी ब्याजदर नतोक्न निर्देशन दिएको हो । बैंकले जारी गरेको सर्कुलरका अनुसार  बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत र [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई संस्थागत निक्षेपको व्याजदर नबढाउन निर्देशन दिएको छ ।

बैंकले बुधबार एक सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई कल डिपोजिट तथा संस्थागत मुद्दती निक्षेपमा तोकिएको न्यूनतम ब्याजदरभन्दा बढी ब्याजदर नतोक्न निर्देशन दिएको हो ।

बैंकले जारी गरेको सर्कुलरका अनुसार  बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत र बचत निक्षेपमा भने तोकिएको न्यूनतम ब्याजदरमा ०.५ प्रतिशतसम्म ब्याजदर बढाउन पाउने छन् ।

उक्त सर्कुलर अनुसार बैंक वित्तीय संस्थाहरूले प्रकाशित ब्याजदर भन्दा  बढी ब्याज सँस्थागत निक्षेपकर्तालाई दिन पाउने छैनन्। याे सर्कुलरले केही संस्थागत निक्षेपकर्ता भने अवश्य नै प्रभावित हुनेछन् । तर, यसले व्यक्तिगत र बचत लगायतका निक्षेपकर्तालाई भने कुनै असर गर्ने छैन ।

नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत बिनर्देशन २०७६ मा व्यवस्था गरिएका बुँदामा संशोधन गर्दै सो व्यवस्था गरेको हो ।

[pdf id=217620]

Share News