८० प्रतिशत बैंकहरू बन्द हुन सक्ने विनोद चौधरीको चेतावनी

<p>काठमाडाैं । उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले ८० प्रतिशत बैंक बन्द हुन सक्ने बताएका छन् । ऋणिले बैंकलाई तिर्नु पर्ने कर्जाको व्याज तथा किस्ता तिर्ने समय पटक पटक पर सार्दै जाने, ऋणिले तिर्नु पर्ने व्याज सरकारले घटाई दिने तर सरकारले बैंकहरुलाई छुट दिएको व्याज बराबर अनुदान नदिने हो भने ८० प्रतिशत बैंक तथा वित्तीय [&hellip;]</p>

काठमाडाैं । उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले ८० प्रतिशत बैंक बन्द हुन सक्ने बताएका छन् । ऋणिले बैंकलाई तिर्नु पर्ने कर्जाको व्याज तथा किस्ता तिर्ने समय पटक पटक पर सार्दै जाने, ऋणिले तिर्नु पर्ने व्याज सरकारले घटाई दिने तर सरकारले बैंकहरुलाई छुट दिएको व्याज बराबर अनुदान नदिने हो भने ८० प्रतिशत बैंक तथा वित्तीय संस्था बन्द हुन सक्ने वा रुग्ण हुने निश्चित भएको उनकाे भनाइ छ ।

‘बैंकहरु पनि ठूलो समस्यामा पर्नेवाला छन् । उनीहरुको सबै ग्राहक आर्थिक संकटमा परेका छन् । ८० प्रतिशत बैंकहरु समस्यामा पर्न सक्छन् । बन्द हुन सक्छन’ उनले भने ।

उनी विहीबार साँझ नेपाल उद्योग परिसंघले आयोजना गरेको वेविनार सम्मेलनमा बोल्दै थिए ।

उनले दुई दशकअघि सरकारी बैंक समस्यामा परे झै अब निजी क्षेत्रका बैंकहरु समस्यामा पर्ने जोखिम औल्याए । ‘पहिला सरकारी बैंकहरु गम्भिर संकटमा परेकाे थिए। नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक डुब्ने अवस्थामा पुगेपछि विश्व बैंक र एशियाली विकास बैंकबाट ऋण लिएर पुनउत्थान गर्नु परेको थियो । अब निजी क्षेत्रका बैंकहरु पनि त्यहि अवस्थामा पुग्न सक्छन्’ उनले भने ।

उनी निजी क्षेत्रकाे लगानीमा खुलेकाे सबैभन्दा पुरानाे र लिडिङ बैंक नविल बैंककाे ५१ प्रतिशत भन्दा बढी सेयरका मालिक पनि हुन् ।

उनले वित्तीय क्षेत्र गम्भिर अवस्थामा पुगिसकेको बताए । बैंकहरुले यसअघि देखाएको नाफा नगद प्रवाहमा आधारित नभएकोले कागजी नाफा देखाउनेहरु पहिला समस्यामा पर्ने उनको भनाई छ । ‘बैंकका सबै ग्राहक संकटमा परेका छन् । यो अवस्थामा बैंकहरुले जोखिम मुक्त हुनै सक्दैनन्’, उनले भने ।

उद्याेगि व्यवासायी संकटमा परेकाे र यति बेला नै व्यवसायीलाई  अप्ठ्याराेमा पार्ने काम भएकाे उनकाे भनाइ थियाे । विम्बात्मक रूपमा उनले भने ‘उद्योग भनेको दुध दिने गाई जस्तै हाे तर अहिले गाई विरामी परि हस्पिटल राखिएको छ । यस्तो बेलामा दुध दिएन भनेर गाईलाई यातना दिनु मूर्खतापूर्ण काम हाे ।’

उत्पादन क्षेत्र, निर्माण क्षेत्र सबै समस्यामा रहेको उनले बताए । निर्माण क्षेत्र पुरै बन्द छन् । उनीहरुलाई समस्याको आधारमा वर्गिकरण गर्नुपर्ने र राहात दिनुपर्ने उनले बताए ।
‘कृषिमा पनि समस्या छ । उत्पादन लागत ३० प्रतिशत बढी छ । र, बजारीकरणमा ठूलो समस्या छ । देशभर उत्पादित तरकारीहरु गार्भेजमा परिणत भएका छन्’ उनले भने ।

Share News