ग्राहककाे मर्कालाई न्यूनिकरण गर्न प्रयास थालिएकाे एनएमबी बैंकका सीईओकाे भनाइ

<p>काठमाडाैं । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बैंकका ग्राहकलाई परेकाे पीर मार्कालाई कसरी न्यूनिकरण गर्ने भन्ने विषयमा यथासम्भव उपायहरू अवलम्बन गरिने बताएका छन्  । प्रमुख कार्यकारी अधिकृत केसीले काेराेना महामारीको कारणले अर्थतन्त्रमा पर्न गएको प्रतिकूल प्रभावलाई मध्यनजर गर्दै कर्जाको रकम भुक्तानि गर्दा विभिन्न प्रकारको छुट प्रदान गरिएको तथा जरिवाना मिनाहा गरिएको उल्लेख गर्दै  यस सम्बन्धी विस्तृत जानकारी [&hellip;]</p>

काठमाडाैं । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बैंकका ग्राहकलाई परेकाे पीर मार्कालाई कसरी न्यूनिकरण गर्ने भन्ने विषयमा यथासम्भव उपायहरू अवलम्बन गरिने बताएका छन्  । प्रमुख कार्यकारी अधिकृत केसीले काेराेना महामारीको कारणले अर्थतन्त्रमा पर्न गएको प्रतिकूल प्रभावलाई मध्यनजर गर्दै कर्जाको रकम भुक्तानि गर्दा विभिन्न प्रकारको छुट प्रदान गरिएको तथा जरिवाना मिनाहा गरिएको उल्लेख गर्दै  यस सम्बन्धी विस्तृत जानकारी यस बैंकको नजिकको शाखामा सम्पर्क गरि प्राप्त गर्न सकिने बताएका छन् ।

ग्राहकमा एक सन्देश जारी गर्दै डिजिटल बैकिङ संरचनाहरू (मोबाइल र इन्टरनेट बैंकिङ्ग ) प्रयोग गर्न अनुराेध गरेका छन् । उनले बैंकको डेबिट कार्ड र अन्य कार्डहरू प्रयोग गरि नेपालभरि कुनै पनि बैंकको एटिएमबाट पैसा झिक्दा लाग्ने अतिरिक्त शुल्क हाललाई मिनाहा गरिएकाे बताएका छन् । बैंकका बचत खाताका ग्राहकहरुले नेपालभर यस बैंकको कुनै पनि शाखामा पैसा राख्दा र झिक्दा लाग्ने एबीबीएस शुल्क मिनाहा गरिएकाे  उनले उल्लेख गरेका छन् ।

‘यस प्रतिकुल घडीमा तपाईंको आवश्यकता परिपूर्ति गर्ने हाम्रा आपतकालीन कार्ड सेन्टर सेवा, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र एटिएम सेवाहरू पूर्ण रूपमा परिचालन गरेका छौं । बैंकले वर्तमान विषम परिस्थितिमा ग्राहक महानुभावको लागि आफ्ना तोकिएका शाखा कार्यालयहरू मार्फत विदाको दिन बाहेकका दिनमा बैंकिङ्ग सेवा सुचारू राख्दै आइरहेका छौ । साथै, बैंकिङ्ग सेवा अति आवश्यक भई ग्राहकहरूबाट अनुरोध भई आएमा कुनै पनि शाखा खोलि सेवा प्रदान गर्न सकिने छ’ उनले भनेका छन् ।

उनले काेराेना महामारीको प्रभाव न्युन हुन समय लाग्ने र यसको असर पछिसम्म पर्नसक्ने जनाउँदै यथास्थानमै सुरक्षित बसी डिजिटल संरचनाहरूको प्रयोग गर्नुहुन, सुरक्षा सबन्धि नियम पालना गरी आफु र आफ्नो परिवार यस महामारीबाट सुरक्षित हुने उपायहरू अवलम्बन गर्न अनुराेध गरेका छन् । हाल देखा परेको संक्रामक रोग कोभिड १९ का कारण विश्वका अधिकांश भाग लक डाउनको अवस्थामा एनएमबि बैंकले आफ्ना ग्राहकवर्गको स्वास्थ्य र सुरक्षाका लागि नविनतम उपायहरू अवलम्बन गरेको उनले बताए ।

विभिन्न शाखाहरूबाट स्थानिय सरकारको रोहबरमा औषधी तथा औषधीजन्य सामाग्रीहरू, खाद्यान्न, मास्क, स्यानिटाईजर लगायतका वस्तुहरू वितरण गरिराखेकाे उनले बताएका छन् । ‘संक्रामक रोग कोभिड १९ का कारण उत्पन्न कठीन परिस्थितिमा यहाँहरूसंग सहकार्य गर्न हाम्रा प्रदेश प्रमुख, शाखा प्रमुख तथा सम्पर्क अधिकृतहरू यहाँहरूको सम्पर्कमा रही आवश्यक सहयोग प्रदान गर्नुहुने छ । साथै, आवश्यक परेको खण्डमा ग्राहक माहानुभावहरुले व्यवस्थापन समितिका पदाधिकारीहरूलाई पनि बैंकको वेवसाईटमा राखिएको हट लाईन नम्बरहरूमा सम्पर्क गर्न सकिने उनले भनेका छन् ।

एनएमबी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाईरस (कोभिड १९) को महामारीलाई रोकथाम तथा नियन्त्रण गर्न तथा सोबाट उत्पन्न परिस्थितिको सामना गर्नका लागि नेपाल सरकारबाट स्थापना गरिएको कोरोना संक्रामक रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोड ५१ लाख रूपैयाँ योगदान गरेको छ । साथै, संक्रामक रोग नियन्त्रणका लागि देशका विभिन्न अस्पतालहरूमा स्वास्थ्यकर्मीहरुले प्रयोग गर्न व्यक्तिगत सुरक्षा उपकरण(पीपीई)को अभाव देखिएकाले ७ वटै प्रदेशका स्वास्थ्य संस्थाहरूमा प्रत्येक प्रदेशमा १०० थानका दरले ७०० थान पीपीई वितरण गरेकाे छ ।

Share News