काठमाडौं । सनराइज बैंकले मध्यपुर हस्पिटल र श्री मेमोरियल हस्पिटलमा
व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिई हस्तान्तरण गर्दै गेरेको छ ।
बैकले प्रति हस्पिटल जम्मा १२ थान पिपिईका साथै २५०० मास्क मध्यपुर हस्पिटललाई हस्तान्तरण गरेको हो ।
उक्त सामाग्री बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले मध्यपुर हस्पिटलका अध्यक्ष ज्ञान कृष्ण श्रेष्ठ र श्री मेमोरियल हस्पिटलका निर्देशक प्रमुख डिपार्टमेन्ट अफ कार्डियोलोजी डा. शिवजी विक्रम सिलवाललाई हस्तान्तरण गरेका हुन् ।
हालसम्म सनराइज बैंकले देशभरका विभिन्न अस्पतालमा ५५० वटा भन्दा बढी व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिई उपलब्ध गराईसकेको छ र अन्य ठाउँहरुमा समेत उपलब्ध गराउँदै जाने जनाएको छ ।
अहिलेको परिस्थितीमा डिजिटल बैकिङ्ग मार्पmत कारोबार गर्न सम्पुर्ण ग्राहकहरुलाई अनुरोध गर्दै बैंकले आफ्नो सबै डिजिटल माध्यमहरुबाट सुरक्षित तरिकाले कारोबार गर्नसकिने जनाएको छ ।