सनराइज बैंकको मुद्दती निक्षेप खाता घरबाटै खोल्न सकिने, ब्याज पनि उच्च पाइने

<p>काठमाडौं । सनराइज बैंकले आफ्नो ग्राहकलाई डिजिटल बैंकिङ्ग प्रयोग गर्न प्रोत्साहन गर्दै घरबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ । उक्त मुद्दती निक्षेप खातामा उच्च ब्याज पाइने व्यवस्था गरिएको बैकले जनाएको छ । ग्राहकले बैंकको &#8216;सनराइज स्मार्ट&#8217; बाट अनलाइन मुद्दती खाता खोल्न सक्नेछन् । यससँगै लकडाउनका कारण घरमा बस्न बाध्य भएका आफ्ना निक्षेप कर्ता [&hellip;]</p>


काठमाडौं । सनराइज बैंकले आफ्नो ग्राहकलाई डिजिटल बैंकिङ्ग प्रयोग गर्न प्रोत्साहन गर्दै घरबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ । उक्त मुद्दती निक्षेप खातामा उच्च ब्याज पाइने व्यवस्था गरिएको बैकले जनाएको छ ।

ग्राहकले बैंकको ‘सनराइज स्मार्ट’ बाट अनलाइन मुद्दती खाता खोल्न सक्नेछन् । यससँगै लकडाउनका कारण घरमा बस्न बाध्य भएका आफ्ना निक्षेप कर्ता ग्राहकहरुले आफ्ना बचत खातामा रहेको रकमलाई मुद्दती निक्षेपमा स्थानान्तरण गरी थप ब्याज आम्दानी गर्न सक्नेछन् ।

यस्ता छन् विशेषता

सर्वाधिक उच्च ब्याज ८.२५ प्रतिशत ब्याजमा ०.५० प्रतिशत प्रिमियम ब्याज थप गरी प्रदान गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । यस मुद्दती खाताको अवधि न्यूनतम ३ महिना रहेको छ । बैंकको सनराइज स्मार्ट प्रयोग गरी सजिलै खोल्न सकिने यस मुद्दती खातामा कुनैपनि अतिरिक्त शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।

कसरी खोल्ने ?

बैंकका अनुसार ग्राहकहरुले घरबाटै सन््राइजको मोबाइल बैकिङ्ग प्रयोग गरी सरल रुपमा मुद्दती निक्षेप खाता खोल्न सकिनेछ । सनराइज स्मार्ट बैकिङ्ग प्लेस्टोेर अथवा एप स्टोरबाट सजिलै डाउनलो गरी आफै रजिस्टर गर्न सकिने छ ।

ग्राहकहरुले सनराइजको मोबाइल बैकिङ्ग(सनराइज स्मार्ट) प्रयोग गरी बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू घरबाटै निःशुल्क गर्न सकिने बैंकले जनाएको छ ।

Share News