सनराइज बैंकद्धारा धौलागिरी र पर्वत अस्पताललाई पिपिई हस्तान्तरण

<p>काठमाडौं । हाल संसारभर कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएर त्यसको जोखिम बढेको हुदाँ देशभरका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि सनराइज बैंकले  व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिई हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिई हस्तान्तरण गरेको हाे । बैंकले पर्वत अस्पताल र धौलागिरी अस्पतालमा व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिई जम्मा २५ थान हस्तान्तरण गरेको [&hellip;]</p>

काठमाडौं । हाल संसारभर कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएर त्यसको जोखिम बढेको हुदाँ देशभरका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि सनराइज बैंकले  व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिई हस्तान्तरण गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिई हस्तान्तरण गरेको हाे ।

बैंकले पर्वत अस्पताल र धौलागिरी अस्पतालमा व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिई जम्मा २५ थान हस्तान्तरण गरेको छ । उक्त सामाग्री धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. शैलेन्द्र बिक र पर्वतमा पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडी र मेडिकल सुपरिटेन्डेन डा. शिशिर देवकोटालाई हस्तान्तरण गरिएको हो ।

हालसम्म सनराईज बैंकले देशभरका विभिन्न अस्पतालमा ५५० वटा भन्दा बढी व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिई उपलब्ध गराईसकेको छ र अन्य ठाउँहरुमा समेत उपलब्ध गराउदै जाने जनाएको छ ।

Share News