आज २ बजे बस्ने मन्त्रिपरिषद्काे बैठकले लकडाउनकाे बारे निर्णय गर्ने

<p>काठमाडाैं । आज अपरान्ह दुई बजे बस्ने मन्त्रीपरिषदको वैठकले लकडाउनकाे बारेमा निर्णय गर्ने भएकाे छ । लकडाउन बढाउने वा नबढाउने भन्ने विषयमा बैठकले निर्णय लिने बताइएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह २ बजे बस्ने भएकाेले बैठकले लकडाउन बढाउने निर्णय गर्ने बताइएकाे छ । श्रोतका अनुसार आज बस्ने मन्त्रिपरिषदको बैठकले लकडाउनको मोडालिटी र त्यसलाई थप्नेबारे निर्णय [&hellip;]</p>

काठमाडाैं । आज अपरान्ह दुई बजे बस्ने मन्त्रीपरिषदको वैठकले लकडाउनकाे बारेमा निर्णय गर्ने भएकाे छ । लकडाउन बढाउने वा नबढाउने भन्ने विषयमा बैठकले निर्णय लिने बताइएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह २ बजे बस्ने भएकाेले बैठकले लकडाउन बढाउने निर्णय गर्ने बताइएकाे छ । श्रोतका अनुसार आज बस्ने मन्त्रिपरिषदको बैठकले लकडाउनको मोडालिटी र त्यसलाई थप्नेबारे निर्णय गर्ने अनुमान छ।

हिजो बसेको उच्च स्तरिय समन्वय समितिको बैठकले १ साताका लागि लकडाउन थप्न सुझाव दिएको थियो। त्यस्तै समितिले संक्रमणको जोखिम नभएका ठाउँहरुमा उच्च सतर्कताका साथ विकास निर्माणका काम गर्न सकिने समेत भनेको थियो।

चैत ११ गतेदेखि लकडाउन छ । बैठकले अझै थप्ने निर्णय गर्ने बताइएकाे छ ।

Share News