कोरोनासँगै औंलो फैलिन सक्ने, लामखुट्टेबाट टाढा र सफाईमा ध्यान दिन आग्रह

<p>काठमाडौं । क्वारेन्टाइनमा बसेका मानिसमा औंलो देखिएकाे छ । कोरोनासँगै औंलो रोग फैलिन सक्ने हुँदा व्यक्तिगत तथा वातावरणिय सफाईमा ध्यान दिन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आग्रह गरेका छन् । औलोको कारण विश्वमा प्रत्येक २ मिनेटमा एक बच्चाको मृत्यु हुने गरेको छ । विश्व औला दिवसको अवसरमा नियमित पत्रकार सम्मेलनमा बोल्दै गर्मी याम लागेसँगै कोरोनाको महामारीमा [&hellip;]</p>

काठमाडौं । क्वारेन्टाइनमा बसेका मानिसमा औंलो देखिएकाे छ । कोरोनासँगै औंलो रोग फैलिन सक्ने हुँदा व्यक्तिगत तथा वातावरणिय सफाईमा ध्यान दिन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आग्रह गरेका छन् । औलोको कारण विश्वमा प्रत्येक २ मिनेटमा एक बच्चाको मृत्यु हुने गरेको छ ।

विश्व औला दिवसको अवसरमा नियमित पत्रकार सम्मेलनमा बोल्दै गर्मी याम लागेसँगै कोरोनाको महामारीमा नै औलो फैलिन सक्ने हुँदा सफाईमा ध्यान दिन डा. देवकोटाले आग्रह गरेका हुन् ।

आफैबाट शुरु गरौं औंला शुन्य पुर्याै भन्ने नाराका साथ नेपालले सन् २०२५ सम्ममा मुक्त देश घोषणा गर्ने लक्ष्य राखेको छ । यो रोग लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो ।

पछिल्ला दिनमा क्वारेन्टाइनमा बसेका व्यक्तिमा पनि औंलो परीक्षण गर्दा देखा पोजेटिभ देखिए पछि मन्त्रालयले औंलो परीक्षणको पनि व्यवस्था गर्ने जानकारी दिए ।
गर्मी यामसँगै विशेष गरि गर्भवति महिला र बच्चालाई लामखुट्टेबाट जोगिन पर्नेछ । त्यस्तै परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा कोरोना लागेका गर्भवती महिलालाई प्रसुती गराउने व्यवस्था भएको निर्देशक डा. जागेश्वर गौतम बताए ।

Share News