लकडाउन फेरि १५ दिन लम्बियो, यस्ता छन् उच्चस्तरीय समितिका निर्णय

<p>काठमाडौं । सरकारले लकडाउन १५ दिन थप्ने निर्णय गरेको छ । शनिबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले लकडाउन १५ दिन थप्ने निर्णय गरेको हो । यो सँगै अब लकडाउन बैशाख ३० गतेसम्म रहनेछ । सरकारले कोरोना भाइरसको जोखिम कम गर्नको गर्नको लागि चैत ११ गतेदेखि निरन्तर लकडाउन गर्दै आएको [&hellip;]</p>

काठमाडौं । सरकारले लकडाउन १५ दिन थप्ने निर्णय गरेको छ । शनिबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले लकडाउन १५ दिन थप्ने निर्णय गरेको हो । यो सँगै अब लकडाउन बैशाख ३० गतेसम्म रहनेछ ।
सरकारले कोरोना भाइरसको जोखिम कम गर्नको गर्नको लागि चैत ११ गतेदेखि निरन्तर लकडाउन गर्दै आएको छ ।
उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलको संयोजकत्वमा शुरु भएको बैठकमा लकडाउन एक हप्ता या १५ दिन थप्नेबारे छलफल हुने बुझिएको छ । बैठकले कतिपय अत्यावश्यक सेवा सञ्चालन गर्न दिने गरी लकडाउन खुकुलो बनाउने निर्णय पनि गरेको छ ।
विभिन्न क्षेत्र छुट्याएर लकडाउनमा पनि अत्यावश्यक र जरुरी सेवाहरु संचालन गर्न दिने निर्णय भएको छ । स्वास्थ्य सेवा, निर्माण सेवा, कृषि क्षेत्र, अत्यावश्यक सामाग्री उत्पादनका उद्दोगहरुलाई भौतिक दुरी कायम गरी संचालन गर्न दिने समितिीले निर्णय गरेको हो ।
यो सँगै ढुवानीका सामान अहिले पनि ओसारपसार गर्न छुट छ ।
सरकारले लकडाउन लम्ब्याउने तयारी गरेपछि शैक्षिक संस्थाहरु वैशाखभर नखुल्ने निश्चितप्रायः भएको छ । शैक्षिक संस्था, सार्वजनिक यातायात, होटल, सिनेमा हल, खेल स्थललगायत आउँदो एक महिनासम्म खुल्ने सम्भावना न्युन छ । एसईई र विभिन्न विश्वविद्यालयका परीक्षाहरु कम्तिमा एक महिना पछाडि धकेलिने देखिएको छ
सरकराले चैत ११ गते लकडाउन घोषणा गरेको थियो । पहिले सरकारले चैत १८ त्यसपछि २५ र अहिले बैशाख ३ गतेसम्म लकडाउनको घोषणा थियो भने अहिले बैशाख १५ गतेसम्मको लागि लकडाउन कायमै छ ।

Share News