नेपाल बैंकले पायो ‘ए’ स्तरको रेटिङ्ग, व्यवसाय वृद्धिमा योगदान पुग्ने

<p>काठमाडौं । नेपाल बैंकले नेपाल स्थित रेटिङ्ग एजेन्सी इक्रा नेपालबाट ‘ए’ स्तरको रेटिङ्ग कायम गरेको छ । यससँगै बैंकको कर्जा जोखिम न्यून रहेको बुझिन्छ । यस स्तरको रेटिङ्ग प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्वलाई समयमै भुक्तानी गर्न सक्ने पर्याप्त क्षमता हुने र कर्जा जोखिम न्यून रहेको भन्ने आधार प्रमाणित हुने [&hellip;]</p>


काठमाडौं । नेपाल बैंकले नेपाल स्थित रेटिङ्ग एजेन्सी इक्रा नेपालबाट ‘ए’ स्तरको रेटिङ्ग कायम गरेको छ । यससँगै बैंकको कर्जा जोखिम न्यून रहेको बुझिन्छ ।

यस स्तरको रेटिङ्ग प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्वलाई समयमै भुक्तानी गर्न सक्ने पर्याप्त क्षमता हुने र कर्जा जोखिम न्यून रहेको भन्ने आधार प्रमाणित हुने हुन्छ । यससँगै बैंक प्रतिको विश्वसनियता बढ्नुका साथै बैंकको व्यवसाय वृद्धि तथा विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ ।

बैंकद्वारा वित्तीय दबावलाई व्यवस्थापन गर्न कर्जा जोखिम, व्यवसायिक तथा वित्तीय जोखिमहरुको विष्लेषण, व्यवस्थापकीय क्षमता, संचालन प्रभावकारिता, बैंकको प्रभावकारी संचालनमा प्रभाव पार्ने आन्तरिक तथा बाहय वातावरणीय तत्वहरुको विषलेशण, बजार हिस्सा, ब्राण्ड तथा ईमेज, स्वस्थ मुनाफाको आधार, नितिगत तथा कानूनी प्रभावहरुको मुल्याङ्कन, पूजी संरक्षण तथा सरकार बाट प्राप्त सहयोग, सुशासन कायम गर्नको लागी गरिएका प्रयासहरु, निति तथा स्थापना गरेका पूर्वाधारहरु, जोखिम बहन गर्न सक्ने क्षमता, सम्पत्तिहरुको गुणस्तर, पर्याप्त तरलता तथा पूजीकोष, आम्दानीका श्रोतहरु तथा तिनका स्थायित्व, निक्षेपको मिश्रण, कर्जा तथा निक्षेपको अनुपात, पारदर्शिता एबं समग्र ईण्डष्ट्रीको जोखिम आदी जस्ता तथ्यहरुको आधारमा नेपाल बैंक ‘ए’ रेटिङ्गमा पर्न सफल भएको हो ।

साथै, यस बैंकले हालको विषम परिस्थितिमा समेत पूर्ण सुरक्षा सर्तकता अपनाउँदै आफ्ना सबै शाखाहरुमार्फत सिमित कर्मचारीहरुलाई संलग्न गराई सिमित बैंकिङ्ग सेवाहरु देशभर संचालन गरिरहेको छ ।

Share News