
काठमाडौं । ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले पदबाट राजीनामा दिएका छन् । बैशाख १५ गतेदेखि लागू हुने ज्ञवालीले राजीनामा दिएकाे अध्यक्ष हरि चन्द्र खड्काले विकासन्युजलाई बताए ।
बैंकले कामु प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी पारसराज कँडेललाई ताेकेकाे छ । कँडेल ज्याेति विकास बैंकमा मर्ज भएकाे तत्कालिन हाम्राे विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए । हाल उनी ज्याेति विकास बैंकमा नायब महाप्रबन्धक पदमा छन् ।
ज्ञवालीले ज्योति विकास बैंक उच्च व्यवस्थापनमा रहेर चार वर्ष काम गरेका थिए । ज्ञवाली प्रमुख कार्यकारी अधिकृतको रुपमा २ वर्ष र कामु प्रमुख कार्यकारी तथा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा २ वर्ष कार्यरत थिए ।
ज्ञवालीको कार्यकालमा बैंकमा वित्तीय सूचकहरु धेरै राम्रो देखिएको थियो । ३ अर्ब ४९ कराेड चुक्ता पुँजी भएकाे यस बैंककाे वासलात पुस मसान्तमा ४१ अर्ब ६२ कराेड रूपैयाँ छ । बैंककाे निक्षेप करिब ३० अर्ब छ, कर्जा लगानी करिव २७ अर्ब रूपैयाँ छ । पुस मसान्तसम्ममा बैंककाे नाफा १४ कराेड २८ लाख रूपैयाँ छ ।
तैपनि बैंक सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतबीच केही असहज वातावरण रहेको जानकारहरु बताउँछन् । ज्योति विकास बैंकमा प्रमुख कार्यकारी पद अस्थीर नै भएको छ ।