काठमाडाैं । चीनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई थप ३ करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ। कोरोना भाइरस (कोभिड १९) सँग लड्न चीनले संगठनलाई साे रकम सहयाेग गर्ने बताइएकाे छ ।
बिहीबार चीनको विदेशमन्त्रालयले चीनले फेरी डब्लूएचओलाई सहयोग गर्ने जानकारी दिएकाे छ । यसअघि पनि चीनले डब्लूएचओलाई कोरोनाविरद्धको अभियानमा २ करोड अमेरिकी डलर सहयोग गरेको थियो।
अमेरिकाले डब्लूएचओलाई सहयोग रोक्ने घोषणा गरेकै समयमा चीनले फेरि सहयोग गर्ने घोषणा गरेको हो। एजेन्सी