अन्तत: चर्काे विवादपछि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री तयार

<p>काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः पार्टीभित्र र बाहिरबाट चर्को विरोध आएपछि अध्यादेश फिर्ता लिने अवस्थामा पुगेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीवीच अध्यादेशबारे छलफल भएसँगै अध्यादेश फिर्ता लिन तयार भएका हुन् । छलफलमा प्रचण्डले तत्काल स्थायी कमिटीको बैठक बोलाउन र विवादास्पद अध्यादेश फिर्ता [&hellip;]</p>

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः पार्टीभित्र र बाहिरबाट चर्को विरोध आएपछि अध्यादेश फिर्ता लिने अवस्थामा पुगेका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीवीच अध्यादेशबारे छलफल भएसँगै अध्यादेश फिर्ता लिन तयार भएका हुन् ।

छलफलमा प्रचण्डले तत्काल स्थायी कमिटीको बैठक बोलाउन र विवादास्पद अध्यादेश फिर्ता लिन आग्रह गरेका थिए ।  विकसित घटनाक्रमबारे छलफल भएको प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिँदा तत्काललाई पार्टीभित्रको दुर्घटना टर्ने भन्दै माधवकुमार नेपालले पनि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

राजनीतिक दल फुटाउन सहज हुने गरी सरकारले मंगलबार मात्र अध्यादेश ल्याएको थियो । पार्टीभित्र र बाहिर चर्काे विरोध भइरहेको छ ।

Share News