काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साइप्रसका राष्ट्रपति निकोस अनास्टासियड्ससँग टेलिफोन संवाद गरेका छन् । उनले आज एक ट्वीट गर्दै राष्टपतिसँग फोन सवांद भएका जानकारी गराएका हुन् ।
उनले टेलिफोन संवादमा त्यहाँ रहेका नेपाली विद्यार्थी सहित अन्य पेशामा संलग्न नेपालीहरूको बारेमा चासो राखेको बताएका छन् ।
राष्टपतिले पनि नेपालीहरूको उपयुक्त हेरविचार भइरहेको र कुनै अप्ठेरोमा पर्न नदिनेमा आश्वस्त पारेको जानकारी गराएका छन् ।